धनुषामा मल बिना नै धान रोपाइँ

नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १६:२६:१०

१३ असार, जनकपुरधाम 'धनुषा' । केही दिनदेखि मनसुन भित्रिएसँगै जिल्लाका अधिकांश गाउँमा धान रोपाइँ सुरु भएको छ । जिल्लामा ४२ हजार हेक्टर जमिनमा धानखेती हुँदै आएकामा पछिल्लो समय मलको अभाव रहेको गुनासो आइरहेको छ ।
असार लागेसँगै जिल्लाका कतिपय किसानले मल बिना नै धान रोपाइँ गरिरहेका छन् । यो समस्या प्रतिवर्ष जस्तै रहेको भन्दै हालसम्म समाधान नभएको किसान बताउँछन् ।
सङ्घीय सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरसँग मल प्रयाप्त मात्रामा भए पनि किसानलाई उपलब्ध हुन नसकेको मनोहर यादवले गुनासो गर्नुभयो । उहाँका अनुसार असार लागेसँगै कतिपय किसानले मलबिना नै रोपाइँ गरिरहेका छन् ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि असारको पहिलो सातासम्म रु २४ करोड ४१ लाख ७३ हजार पाँच सय ५० बराबरको ९३ हजार तीन सय ३९ मेट्रिकटन मल बिक्री गरेको जनाएको छ ।
रु नौ करोड ३३ लाख ७६ हजार एक सय ३० बराबरको पाँच हजार पाँच सय १३ मेट्रिक टन युरिया, रु १६ करोड ४३ लाख ४५ हजार बराबरको तीन हजार पाँच सय ७२ मेट्रिकटन डिएपी, रु ५७ लाख ८१ हजार सात सय मूल्य बराबरको एक सय ७० मेट्रिकटन पोटास तथा रु छ लाख ७२ हजार मूल्य बराबरको ८४ मेट्रिकटन चुन बिक्री गरिएको कार्यालयका प्रबन्धक बेचनकुमार महतोले जानकारी दिए ।
उनका अनुसार वर्षेबालीका लागि कार्यालयसँग युरिया दुई हजार दुई सय ६२ मेट्रिकटन, डिएपी एक सय १४ मेट्रिकटन तथा पोटास ९७ मेट्रिकटन मौज्दात रहेको छ । “धानखेतीका लागि आवश्यक पर्ने मल पर्याप्त अवस्थामा रहेको छ भने मल आउने क्रम जारी छ”, उहाँले भने ।
यस वर्ष समयमा नै किसानलाई मल उपलब्ध गराइँने भन्दै मलको समस्या नरहने प्रबन्धक महतोले बताए । “जनकपुर शाखाबाट धनुषा तथा महोत्तरीका २७ पालिकाअन्तर्गत रहेका दुई सय नौ सहकारी संस्थामार्फत मल जाने गरेको छ । जिल्लाका सम्बन्धित पालिकाको ढिलासुस्तीका कारण किसानलाई मलको अभाव देखिएको हो”, उनले भने ।
स्थानीय पालिकाले समयमा मलका लागि ढुवानी खर्च, ‘लोड’ र ‘अनलोड’ गरी बिक्री गर्ने दररेट कायम नगर्दा बिक्रेताले किसानलाई बिक्री गर्न नसकेका हुन् । भारतबाट कम गुणस्तरको मल ल्याउँदा जमिनको उत्पदान क्षमतामा ह्रास आउँदै गएको किसान यादवले बताए । कृषि सामग्री संस्थाबाट मल नपाउँदा सोनमा गाउँपालिकाका किसानले भारतीय बजारबाट बढी मूल्यमा मल ल्याएर रोपाइँ गरिरहेका उनले जानकारी दिए ।
कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रबन्धक महतोका अनुसार किसानको आवश्यकता अनुसार सहकारीमार्फत मल बिक्री हुँदै आएको छ । सहजरुपमा मल पाउन गाह्रो रहेको महेन्द्रनगरका किसान रामकुमार महतोले बताए । स्थानीय तहले मल वितरण प्रणालीमा पारदर्शिता लागू नगर्दा किसानलाई समयमा मल पाउन सकस भएको उनको बुझाइ छ ।
प्रदेश सरकारमार्फत पालिकाले पाएको कोटा अनुसारको मल समयमा नउठाउँदा रोपाइँको समयमा अधिकांश किसानले मल पाउन सकेका छैनन् । कार्यालयले किसानलाई सहुलियत दरमा युरिया प्रति बोरा रु आठ सय ५०, डिएपी पचास किलोको प्रतिबोरा रु दुई हजार तीन सय ५०, पोटास प्रतिबोरा रु एक हजार सात सय ५० मा बिक्री गर्दै आएको छ । स्थानीय बिक्रेताले जथाभावीरुपमा बिक्री वितरण गर्दा किसानले बाध्य भएर भारतीय बजारबाट खरिद गर्नुपरेको गुनासो गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचन्द्रागिरि नगपालिकाले गरेका असल अभ्यास अनुकरणीय छन् : विश्व बैंक निर्देशक भर्गीस
फागुन ५, २०८१ सोमबार
विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
फागुन ५, २०८१ सोमबार
कामपाद्वारा ५२ हजार ७४० जनालाई निःशुल्क कानुनी सेवा प्रदान
फागुन ३, २०८१ शनिबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार
पोखरा महानगरका मेयर आचार्य डिस्चार्ज
फागुन ८, २०८१ बिहिबार
रास्वपाले सातै प्रदेशमा सर्वाङ्गीण संवाद गर्ने
फागुन ८, २०८१ बिहिबार
मुलुकमै केही गर्नुपर्छ भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नु आवश्यक छः अध्यक्ष प्रचण्ड
फागुन ८, २०८१ बिहिबार
मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गरिने
फागुन ८, २०८१ बिहिबार
पृतनापति समन्वयात्मक बैठक सुरु
फागुन ८, २०८१ बिहिबार
संविधानलाई असफल पार्ने छुट कसैलाई छैनः गृहमन्त्री लेखक
फागुन ८, २०८१ बिहिबार