प्रदेशगत यस्तो आयो एसइईको नतिजा, बागमती उत्कृष्ट

नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १६:४६:६

१३ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) नतिजा सार्वजनिक गरेको छ । चैत १५ गतेदेखि भएको परीक्षामा देशभरबाट ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चार लाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण भएका छन् ।
सार्वजनिक भएको नतिजाअनुसार सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशको देखिएको छ भने, सबैभन्दा खराब नतिज सुदूरपश्चिमको आएको छ । बागमती प्रदेशबाट ६६.१२ प्रतिशत उत्तीर्ण भएका छन् भने सुदूरपश्चिमबाट ३१.८८ प्रतिशत मात्रै उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कोशी प्रदेश
बोर्डका अनुसार कोशी प्रदेशमा ७५ हजार ९८८ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३६ हजार ९३ जना परिक्षार्थी उत्तीर्ण भएका छन् भने ३९ हजार ८९५ जना ननग्रेडिङमा परेका छन् ।
मधेस प्रदेश
मधेश प्रदेशबाट ७९ हजार ५९२ जना विद्यार्थीले परीक्षा दिएकोमा ३७ हजार ३०६ जना उत्तीर्ण भएका छन् भने ४२ हजार २८६ जना ननग्रेडमा परेका छन् ।
बागमती प्रदेश
बोर्डका अनुसार यसपटकको एसइई परीक्षामा सबैभन्दा राम्रो नतिजा बागमती प्रदेशले ल्याएको छ । बागमतीबाट कुल ९९ हजार ८७२ जना सहभागी भएकोमा ३३ हजार ८४३ जना ननग्रेडमा परेका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशबाट परीक्षामा ४० हजार ५२६ जना सहभागी भएकोमा २० हजार २५१ परिक्षार्थी उत्तीर्ण भएका छन् भने २० हजार २७५ ननग्रेडमा परेका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ जना सहभागी भएकोमा ३१ हजार १०३ परीक्षार्थी उत्तीर्ण भएका छन् भने ४९ हजार २२४ जना परीक्षार्थी ननग्रेडमा परेका छन् ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशबाट परीक्षामा सहभागी कुल ३५ हजार ३४ परिक्षार्थीमध्ये १४ हजार ६५४ मात्रै उत्तीर्ण भए भने २० हजार ३८० जना ननग्रेडमा परेका छन् ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशबाट कुल ५३ हजार ४४६ जना विद्यार्थी सहभागी भएकोमा जम्मा १७ हजार ३६ जना मात्रै उत्तीर्ण भएका छन् भने ३६ हजार ४१० परीक्षार्थी ननग्रेडमा परेका छन् ।
सबभन्दा बढी गणितमा अनुत्तीर्ण
यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ । गणित विषयमा एक लाख ७७ हजार नौ सय ८५ विद्यार्थीको एनजी आएको छ । यस्तै विज्ञानमा एक लाख २६ हजार नौ सय ३३ तथा अङ्ग्रेजीमा एक लाख एक हजार तीन सय ८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्रा डा शर्माले बताए ।
सामाजिकमा ७३ हजार आठ सय ७७, नेपालीमा ६९ हजार पाँच सय ३२, अर्थशास्त्रमा ६९ हजार चार सय १६ तथा ऐच्छिक गणितमा २० हजार तीन सय ५२ विद्यार्थीको एनजी आएको छ । दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ ।
साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसैवर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पुरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यस वर्षको एसइई नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्रा डा शर्मा बताउनुहुन्छ । उहाँका अनुसार माथिल्लो जिपिए ल्याउनेको सङ्ख्या बढेसँगै नतिजा सुधार भएको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार आठ सय ७४ विद्यार्थीले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए प्राप्त गरेका छन् । सबैभन्दा कम ६ विद्यार्थीले १ दशमलव ६० देखि २ दशमलव ० जिपिए ल्याएका छन् ।
त्यस्तै एक सय ८६ विद्यार्थीले ४ जिपिए, ३१ हजार २०९ जनाले ३ दशमलव ६० देखि ४ दशमलव ० जिपिए, ६८ हजार दुई सय ५६ जनाले ३ दशमलव २० देखि ३ दशमलव ६० जिपिए र ७८ हजार आठ सय ७४ जनाले २ दशमलव ८० देखि ३ दशमलव २० जिपिए, ४१ हजार एक सय ७७ जनाले २ दशमलव ४० देखि २ दशमलव ८० जिपिए र दुई हजार ९५० जनाले २ दशमलव ०० देखि २ दशमलव ४० जिपिए ल्याएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने
साउन १८, २०८१ शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक: ५२.९१ प्रतिशत विद्यार्थी पास , ४७.०९ प्रतिशत फेल
साउन १८, २०८१ शुक्रबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार
युएसआईडीको पैसा धर्म प्रचारमा प्रयोग गरेका छैनौं : मह जोडी
फागुन ८, २०८१ बिहिबार
दिल्लीमा चौथो महिला मुख्यमन्त्रीको शपथ लिँदै रेखा गुप्ता
फागुन ८, २०८१ बिहिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
आज तोलामा ५ सय बढेर १ लाख ७१ हजार पुग्यो सुन
फागुन ८, २०८१ बिहिबार
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
फागुन ८, २०८१ बिहिबार
पोलिटब्युरो सदस्य सापकोटाको निधनपछि एकीकृत समाजवादीको बैठक स्थगित
फागुन ८, २०८१ बिहिबार