देश युक्रेन र प्यालेस्टाइन बन्ने भो !

यज्ञप्रसाद भट्टराई
असार १३, २०८१ बिहिबार १७:३७:३८

देशले प्रजातन्त्र पायो, लोकतन्त्र पायो, गणतन्त्र पायो, संघीयता र धर्म निरपेक्षता समेत पायो तर जनताले केवल अभाव र दवाव मात्रै पायो । महंगीको मारमा पिल्सिएका नेपाली जनताले देशमा महंगी नियन्त्रण, सुसासनको स्थापना र शिघ्र बिकासको लागि पटकपटक नेतृत्व फेर्ने प्रयास पनि गर् तर देशमा शुसासनको डंका पिटनेहरु नै भ्रष्टाचारको आहालमा डुवेका छन् । देश र जनताको लागि सकारात्मक सोच राख्नेहरु खाडी, मलेसिया र कतार पुगेका छन् ।
नेपाल आमाको छातीमा बलात बलात्कार गर्नेहरु नै सत्ता र सरकारको नेतृत्वमा झुमेका छन् । बौद्धिक जगतलाई देश बाहिर पठाएर जेनतेन रेमिट्यान्सको भरमा मुलुक घिस्रिरहेको छ । दिनानुदिन देशबाट युवा जनशक्ति निख्रिरहेको छ । देश झनझन बिदेशीको कृडास्थल बनिरहेको छ । युवाले हामीलाई देशमै गरिखाने वातावरण बनाईदेउ सरकार भनेर भनिरहेको छ ।
अहिले मध्य असार चलिरहेको छ । मानो रोपेर मुरी उब्जाउनु पर्ने समयमा खेतबारी बाँझै राखेर कर्मबिर नेपाली एयरपोर्ट तर्फ अगाडि बढीरहेको छ । जतिनै श्रम र मेहनत गरे पनि किसानको उत्पादनले उत्पादन लागत धान्न छाडिसकेको छ । उत्पादित अन्न बिक्री नभएर किसानको उत्पादन आँगनमै कुहिएर जान थालिसकेको छ । देश चलाउने ड्राइभरले केवल खलासी मात्रै पालिरहेको छ । सरकारले अनुत्पादक शिर्षकमा देशको खर्बौ रकम फालिरहेको छ ।
सरकारले विकासको सवै बाटो बन्द गरिसकेको छ । अदालत भ्रष्टहरुको चंगुलमा फसेको छ । अपराधिलाई सजाय र माफी कानुनले हैन सडकको भिडले निर्णय गर्न थालिसकेको छ । ठग, बलात्कारी, अपराधी र कालोबजारीलाई छुटाउन राज्यको सम्पुर्ण शक्ति लागिपरेको छ । निर्दोष ब्यक्तिले अनाहकमा सजायको भागिदार बन्नु परिरहेको छ । ठगका नाईकेहरुलाई नै देशको ड्राइभर मान्नु परिरहेको छ ।
असारमा किसानलाई मल र बीउ हैन ठेकेदारलाई ठेक्का चाहिएको छ । हिलौटे बिकासमा राज्यको अर्बौं रुपैया फालिएको छ । कमिशनको चक्कर मिलाउन नेताहरुका घरमा भुसतिघ्रे गुण्डा पालिएको छ । देशलाई युक्रेन र प्यालेस्टाइन बनाउने अभियान थालिएको छ । जनताका समस्यालाई फोहोरको डंगुरमा लगेर फालिएको छ ।
मुटु नभएका ठगहरका भिडमा दह्रो मुटु भएको राँगो पालिएको छ । बिउको रागोलाई फेरि पनि उन्नत जातको कुँडो हालिएको छ । देशलाई बिश्वकै एक नम्बरको भ्रष्ट मुलुक बनाउने अभियान थालिएको छ । जनताले तिरेको खर्बै राजस्व भ्रष्ट र अपराधी पाल्न खर्च गर्नु परिरहेको छ । राष्ट्रिय ठगलाई नै देश र जनताको सुरक्षा गर्ने जिम्मा लगाईएको छ । जनता खच्चरमा खाद्यान्न ढुवानी गर्न बाध्य छन् मन्त्रालयमा हजारौं गाडी कवाडी बनाएर फालिएको छ ।
सुन फल्ने देश छोडेर नुन फल्ने खाडीमा जान कस्लाई पो रहर होला र ? मुटुका टुक्राजस्ता २० बर्ष पनि नपुगेका छोराछोरीलाई खाडी, मलेसिया र कतार पठाउँदा कुन आमाबुवाको मन नरोला र ? राज्यको प्रत्यक्ष निगरानीमा रहनु पर्ने शिक्षा र स्वास्थ्य ब्यापारीका हातमा पुगेको छ । रोजगारका ठोकामा भोटेताल्चा हालिएको छ ।
ढुंगा, पानी र जडिबुटी मात्रै बेच्दा पनि नेपालीको प्रतिब्यक्ति आय अमेरिकीहरुको भन्दा बढी हुनसक्छ । फलफुल र कृषि उत्पादन नहुने नेपालको जिल्ला कुन छ ? दक्ष जनशक्ति देश फर्काउने आश्वासन दिएर सत्तामा उक्लिएकाहरुले नै भ्रष्ट र ठगहरुलाई देशबाट भगाए पछि अब नेपाली जनताको आशा र भरोसा मरिसकेको छ । यस्ता महाठगहरुका अमिला आश्वासनले नेपाली जनताका पेटमा चुर्ना परिसकेको छ । यिनिहरु प्रतिको नेपाली जनताको बिश्वास एक अंकमा झरिसकेको छ ।
देश हरिकंगालको अवस्थामा पुगिसकेको छ । अब यीनीहरुबाट देश बन्दैन भन्ने बिश्वास नेपाली जनतामा परिसकेको छ । भ्रष्ट, ठग र देश लुटेराहरुप्रति नेपाली जनताको मन मरिसकेको छ । अब त नेपाली जनताका आँखामा आँसु रित्तिईसके, यिनिहरुकै कारण देश अपराधिकरणको मार्गमा अगाडि बढीसकेको छ ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपअन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसः स्वच्छ ऊर्जा रूपान्तरणमा नेपालले लिएको बाटो
माघ १२, २०८१ शनिबार
संसदलाई संसदजस्तै रहन दिऔँ
पुष २६, २०८१ शुक्रबार
सहमतिका नाममा शीर्ष नेताको जात्रा हेरिनसक्नु छः घिमिरे
पुष २०, २०८० शुक्रबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १०, २०८१ शनिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
जाँचबुझ आयोग गठनपछि झन बढे सहकारी ठगीका उजुरी, कहाँ पुग्यो छानबिन ?
फागुन १०, २०८१ शनिबार
एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी
फागुन १०, २०८१ शनिबार
स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सह–अस्तित्वको अनुपम समाज होः बालेन
फागुन १०, २०८१ शनिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको फुङलिङ बजारमा आन्दोलनकारी र प्रहरीबीच झडप
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
जाँचबुझ आयोग गठनपछि झन बढे सहकारी ठगीका उजुरी, कहाँ पुग्यो छानबिन ?
फागुन १०, २०८१ शनिबार
एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी
फागुन १०, २०८१ शनिबार
स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सह–अस्तित्वको अनुपम समाज होः बालेन
फागुन १०, २०८१ शनिबार
एलनले राम्रो काम गरिरहेका छन्, उनलाई अझ आक्रामक भएको हेर्न चाहन्छुः डोनाल्ड ट्रम्प
फागुन १०, २०८१ शनिबार
ताप्लेजुङको फुङलिङ बजारमा आन्दोलनकारी र प्रहरीबीच झडप
फागुन १०, २०८१ शनिबार
हमासले रिहा गर्यो थप ६ इजरायली बन्धक, अझै किन मुक्त भएनन् विपिन जोशी ?
फागुन १०, २०८१ शनिबार
जाँचबुझ आयोग गठनपछि झन बढे सहकारी ठगीका उजुरी, कहाँ पुग्यो छानबिन ?
फागुन १०, २०८१ शनिबार
एसपिए कैलाली प्रिमियर लिग–३ : पहिलो खेलमा भिमदत्त नगरपालिकाको टोली विजयी
फागुन १०, २०८१ शनिबार
स्वयम्भू क्षेत्र धार्मिक एवं सामाजिक सह–अस्तित्वको अनुपम समाज होः बालेन
फागुन १०, २०८१ शनिबार