जनता आवास कार्यक्रम : मन्त्री सरोज यादवको पहलमा धर्नामा बसेका आन्दोलनकारीसँग सहमति
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार १८:५०:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/Janata.jpg_S2JUkB0A35_7QZprg6j54.jpg)
१३ असार, रौतहट । मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवको पहलमा जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भएका घरको भुक्तानीको माग गर्दै पूर्वाधार कार्यालय गौरमा धर्ना बसेका आन्दोलनकारी पीडितसँग सहमति भएको छ।
मौलापुर नगरपालिकाको विभिन्न टोलमा निर्माण भएको आवासहरूको भुक्तानी गर्न कर्मचारीहरूले जालझेल गर्दै आएपछि प्रभु साह नेतृत्वको आम जनता पार्टीनिकट आम दलित मोर्चाको अगुवाइमा सरोकारवालाले पूर्वाधार कार्यालय गौरमा चार दिनअघि तालाबन्दी गरेर धर्नामा बसेका थिए।
मोर्चाको अगुवाइमा धर्नामा बसेका पीडितहरू र मधेश सरकारका मन्त्री सरोज यादवको उपस्थितिमा सहमति भएको हो। सहमति अनुसार पूर्वाधार कार्यालय गौरबाट अनुगमन निरीक्षण गरी प्रतिवेदन तयार पारेर आर्थिक वर्ष २०८१/०८२ को बजेटबाट भुक्तानी गर्ने, मौलापुर नगरपालिका अन्तर्गत पर्ने भकुवा पुलको अधुरो कार्यलाई जिल्ला समन्वय समिति रौतहटमार्फत् यथाशीघ्र कागजातहरू पेश गराई पुल निर्माणको काम पूरा गर्नुपर्ने सहमति भएको मोर्चाका अध्यक्ष ठागा दाशले बताएका छन्।
उल्लेखित मागहरू सम्बोधन भएपछि गठित संघर्ष समितिले आफ्ना सबै आन्दोलन आजैदेखि फिर्ता लिएको छ। बैठकमा मन्त्री यादवका साथै एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडिओ हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्रका एसपी विक्रम हुमागाईं, राष्ट्रिय अनुसन्धानका एसपी अभिनयकुमार सिंह लगायतको सहभागिता रहेको थियो।
मधेश प्रदेश सरकारको मातहत रहेका जनता आवास कार्यक्रमका ठेकेदारहरूले कैयौं घर निर्माण भइरहेकै अवस्थामा अधुरो छोडेका छन्। रौतहटको कटहरिया-८ बगही, मौलापुर नगरपालिका अन्तर्गत पतौरा, मर्यादपुर, पथरा, बुधरामपुर लगायतका गाउँमा जनता अवास कार्यक्रम अन्तर्गत निर्माण भइसकेको घरको भुक्तानी गर्न बाँकी रहेको संघर्ष समिति संयोजक ठागा दासले बताएका छन्। यसअघि आम दलित मोर्चाका अध्यक्ष एवं संघर्ष समितिका संयोजक ठागा दासको नेतृत्वमा रौतहटका सिडिओ हिरालाल रेग्मीलाई ज्ञापनपत्र समेत बुझाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार