सूचना मागेकै कारण सूचनाको हकका अभियन्ता दश दिनदेखि हिरासतमा !
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार २१:४८:१२
१३ असार, काठमाडौं । सूचना माग गरेकै कारण सूचनाको हकका अभियन्ताहरू विगत दश दिनदेखि प्रहरी वृत्त बौद्धको हिरासतमा रहेका छन् ।
गोकर्णेश्वर नगरपालिका लगायत विभिन्न सार्वजनिक संस्थामा सूचना मागेकै कारण प्रहरीले झुटो मुद्दा लगाएर हिरासतमा राखेको भन्दै अहिले सर्वत्र आलोचना सुरु भएको छ ।
गत असार ३ गते प्रहरी वृत्त बौद्धले गोकर्णेश्वर नगरपालिका बस्ने वर्ष ३१ को राजु सुनार, वर्ष २६ को आदर्श क्षेत्री, वर्ष २० की अस्मिता खत्री र वर्ष ४५ को प्रेम प्रसाद श्रेष्ठलाई पक्राउ गरी हिरासतमा राखेको थियो ।
सूचना माग कार्यमा संलग्न थप दुई जना किरण केसी र बलराम चालिसेलाई भने असार ११ गते प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । पक्राउ परेका उनीहरू सबै जनालाई ठगी तथा सङ्गठित अपराध गरेको कसुरमा बौद्ध प्रहरीले मुद्दा दर्ता गरी थुनामा राखेको हो ।
कुनै तथ्य र प्रमाण बिना ठगी तथा सङ्गठित अपराध गरेको भन्दै मुद्दा चलाउनु भनेको सूचना मागकर्तालाई निरुत्साहित गर्न प्रहरीले कानुनको दुरुपयोग गरेको सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीद बागचन्दले बताए ।
गोकर्णेश्वर नगरपालिका लगायत सार्वजनिक निकायमा हुने बेथितिको विरुद्ध सूचना माग गरी सुशासनका लागि खटिने अभियन्ताहरूलाई हतोत्साहित गर्न राजनीतिक पहुँचको आधारमा प्रहरीको दुरुपयोग गर्दै पक्राउ गरेको भन्दै विभिन्न नागरिक संस्थाले विरोध जनाएका छन् ।
सूचना माग्नेलाई हिरासतमा राख्ने कार्यले सूचनाको हकलाई कुण्ठित बनाउन खोजेको बताउँदै सूचनाको हकका लागि राष्ट्रिय महासंघले नगरपालिका भित्र भइरहेको अनियमितता तथा भ्रष्ट्रचार विरूद्ध सूचना माग गर्ने र सार्वजनिक गर्ने अभियन्ताहरूलाई उल्टै मुद्दा चलाउनु खेदजनक रहेको बताएको छ ।
अभियन्ताहरूले प्रहरी वृत्त बौद्धसँग पनि बजेट र खर्चको बारेमा सूचना माग गरेका थिए । यही कारण पनि प्रहरीले प्रतिसोधको भावनाले मुद्दा चलाएको कुरामा कुनै सङ्कोच नभएको सूचनाका हकका अभियन्ताहरूको भनाई छ ।
प्रहरीले भने भ्रष्ट्राचार विरोधी अभियन्ता भन्दै गोकर्णेश्वर नगरपालिका भित्र गैह्र कानुनी रूपमा “बेथिति एवं भ्रष्टाचार विरुद्धको अभियान २०८०” नामक संस्था खोली दुख दिने गरेको उजुरीको आधारमा पक्राउ गरिएको बताएको छ ।
प्रहरीका अनुसार, ‘निजहरूले स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी र कलकारखानामा गएर हामी भ्रष्ट्राचार विरोधी अभियन्ता हौ तिमीहरूको विरुद्धमा भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी हामी कहाँ परेको छ, त्यस विषयमा छानबिन गर्न आएका हौ, हामीलाई सबै हिसाबकिताब देखाऊ भन्दै धम्काउने, मुद्दा हालिदिन्छु भनी आतङ्क सृजना गरी भिडियो बनाई अनधिकृत तवरले रकमसमेत असुली गरी ठगी गर्ने गरेको बताएको हो ‘।
उनीहरूले भिडियो बनाई सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्ने जस्ता कार्यहरू गर्ने गरेको भनी प्रहरी वृत्त बौद्धमा परेको जाहेरीको आधारमा पक्राउ गरी मुद्दा चलाएको बौद्ध प्रहरीले बताएको छ । श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
चोरीको मोटरसाइकलसहित एकजना पक्राउ
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार
वायुसेवा निगमको आन्तरिक उडान ठप्प
पुष ९, २०८१ मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा ‘जेनेरिक’ औषधि सुझाव समिति गठन
पुष ९, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार