नेतृत्व चयनमा माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बन्नबाट रोक्ने प्रयासमा खनाल
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार ११:२८:४५
१४ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र सहमतिले नेतृत्व चयन गर्ने भनिए पनि भित्रभित्रै सम्मानित नेता झलनाथ खनाल माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बन्नबाट रोक्ने प्रयास गरिरहेका छन् । उनले तीन दिन अघि आफूले अध्यक्षको दावी नगर्ने र घनश्याम भुसाललाई सघाउने भनेपनि दुई दिनपछि आएर आफ्नो अध्यक्ष पदको दावी कायम रहेको बताएका छन् ।
पार्टीभित्र माधव नेपाल अध्यक्ष बन्न नेता व्यवस्थापनका लागि वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिएको छ । सम्मानित नेताको पद पनि कायमै छ । यसमा आफू अध्यक्ष बनेर खनाललाई सम्मानित र भुसाललाई वरिष्ठ उपाध्यक्षमा मनाउने कोसिसमा नेपाल छन् । १० औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल पनि प्रारम्भ भएको छ ।
नेतृत्वबीच सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा तीन नेता सक्रिय छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणको विषयमा पनि छलफल भइरहेको छ ।
राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र सांगठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो ।
पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिएका छन् । सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गरेको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेसँग विभाजित हुनुको औचित्य पुष्टि गर्न सक्नुपर्ने सुझाव दिएका थिए ।
कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी थिए । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार