रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार ११:३८:५३
१४ असार, कालीकोट । जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं १ कोटवाडा र वडा नं ६, ७, ८ र ९ लालु, माल्कोट जोड्ने रहगाड खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयलाई सास्ती भएको छ ।
झोलुङ्गे पुल बनाउन स्थानीय सरकारले चासो नदिँदा आवागमनमा समस्या भएको हो । वि.सं. २०७८ को बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले पुल बनाउने चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले बताए । “झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु”, उनले भने, “पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ ।”
झोलुङ्गे पुल नहुँदा हिउँदमा खासै समस्या नभए पनि वर्षायाममा खोलाको पानीको बहाव बढ्ने र आवातजावतमा समस्या हुने गरेको नरहरिनाथ गाउँपालिका–८ का प्रकाश विष्टले बताए ।
झोलुङ्गे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक–पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका–९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताए । पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्नुपरेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिञ्जा सभ्यता खस संग्रहालय अझै सञ्चालनमा आएन
मंसिर ५, २०८१ बुधबार
सीमा विवादका कारण बसपार्क निर्माण अवरुद्ध
कात्तिक २९, २०८१ बिहिबार
आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार