गृहसचिव जानुपर्ने बिमस्टेक बैठकमा सुरक्षा सल्लाहकार वैरागीको चासो, प्रस्ताव मन्त्रिपरिषदमा !
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार ११:४५:४
![](https://nepalbahas.prixacdn.net/media/albums/shankar-das-bairagi_9QXNMcxFJx_AXZmO6jMAm.jpg)
१४ असार, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक)को आगामी बैठकमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार शंकरदास बैरागीले रुची देखाएका छन् । त्यसका लागि परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद बैठकमा प्रस्तावसमेत पठाइसकेको छ । गृहसचिवको नेतृत्वमा हुने त्यो बैठकमा भाग लिन नेपालको तर्फबाट मन्त्री सरह सुविधा लिइरहेका शंकरदास बैरागीले रुची देखाएका हुन् ।
सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा बंगालको खाडीको तट र यसको आसपासमा रहेका दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलङ्का र दक्षिण पूर्वी एसियाका थाइल्याण्ड र म्यानमार सदस्य छन् । यसपटक जुलाई २५ मा बिमस्टेक बैठक थाइल्याण्डको राजधानी बैंककमा चल्नेछ । त्यो बैठकमा नेपालको तर्फबाट गृहसचिव एकनारायण अर्यालले भाग लिनुपर्नेमा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार रहेका बैरागीले आफू जाने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाउन लगाएका हुन् ।
प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारले काम नपाएपछि सरकारले विदेश भ्रमणमा समेत पठाउने तयारी गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार (रासुस) को काम र दायित्व भनेकै एक वरिष्ठ पदाधिकारीका हैसियतमा देशको कार्यकारी प्रमुख राष्ट्रपति-प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा सम्बन्धी विषयमा सल्लाह÷सुझाव दिनु हो । विशेषतः देशको बाह्य र आन्तरिक सुरक्षा, इन्टेलिजेन्स तथा परराष्ट्रसँग सम्बन्धित सुरक्षाका विषय रासुसका मुख्य कार्यक्षेत्र हुन ।
अन्य मुलुकमा राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति राष्ट्रपति-प्रधानमन्त्रीले नै गर्छन । राष्ट्रिय सुरक्षा सल्लाहकार राष्ट्रिय सुरक्षा परिषदको बैठकमा सहभागीसमेत हुन्छन् । साधारणत राष्ट्रिय सुरक्षा सल्लाहकारले राष्ट्रिय सुरक्षा मूल समिति वा यस्तै समितिको अध्यक्षता गर्ने चलन छ । अन्य मुलुकमा यो संविधान र कानुनमै व्यवस्था हुन्छ । तर नेपालमा कानुन र संविधानले नचिनेको सुरक्षा सल्लाहकार रहेका छन् । उनले सबैतिर हस्तक्षेप बढाउँदा सुरक्षा निकायले समेत सूचना संकलनमा असुरक्षित महसुस गरिरहेका छन् ।
कानुनले नै नचिनेको सल्लाहकारले सुरक्षा निकायलाई निर्देशन दिएको विषय अहिले चर्चामा रहेको छ । खासगरी प्रदेशस्तरमा सूचना संकलन गोष्ठीको बारेमा सुरक्षा अंगले चासो राखेका छन् । राष्ट्रिय सुरक्षा परिषदको अध्यक्ष स्वयं प्रधानमन्त्री रहने व्यवस्था छ ।
त्यस्तै रक्षा मन्त्रालयका सचिव राष्ट्रिय सुरक्षा परिषदको सदस्य–सचिवको जिम्मेवारीमा हुन्छन् भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारमा मुख्यसचिव र प्रधानसेनापति सदस्य रहन्छन् । उनको काम भनेको प्रधानमन्त्री र राष्ट्रिय सुरक्षा परिषदलाई सल्लाह मात्रै दिने काम हो ।
तर उनले सबै सुरक्षा अंगका प्रमुखहरुसँग छलफल गर्ने, प्रदेशमा सुरक्षा समन्वय गोष्ठी गर्ने जस्ता कार्य गर्न थालेपछि आलोचना शुरु भएको छ । पछिल्लो पटक उनले प्रदेश–प्रदेशमा सुरक्षा गोष्ठी गर्न लागेको समाचार बाहिरिएको थियो । उनलाई अधिकार नै नभएको क्षेत्रमा प्रवेश गर्न लागेको भन्दै सुरक्षा अधिकारीहरूले आपत्ति जनाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअख्तियारले अनुसन्धान गरिरहेको नेपाल टेलिकमको विलिङ सिष्टमको ठेक्का प्रकरणमा फेरी चलखेल
असार २७, २०८१ बिहिबार
मन्त्रीका लागि सबै कोणबाट सक्षम आरजुमाथि किन उठिरहेका छन् प्रश्न ?
असार २६, २०८१ बुधबार
आइतबारदेखि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री !
नेपालबहस संवाददाता
असार २९, २०८१ शनिबार
आठ दल प्रधानमन्त्रीको विपक्षमा, विश्वासको मत नदिने
नेपालबहस संवाददाता
असार २७, २०८१ बिहिबार
प्रचण्डलाई देउवासँग सम्बन्ध नबिगार्न मेटमणिको सुझाव
नेपालबहस संवाददाता
असार २८, २०८१ शुक्रबार
आइतबारदेखि एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री !
असार २९, २०८१ शनिबार
प्रचण्डलाई देउवासँग सम्बन्ध नबिगार्न मेटमणिको सुझाव
असार २८, २०८१ शुक्रबार
विश्वासको मत फेस गरेपछि पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीले आजै बालुवाटार छोड्ने
असार २८, २०८१ शुक्रबार
कांग्रेसबाट मन्त्री छनोट गर्न देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
असार २९, २०८१ शनिबार
सिरहामा सर्पले डस्दा महिलाको मृत्यु
असार २९, २०८१ शनिबार
सिमलताल पहिरो अपडेट : हराएका बस र यात्रु खोज्न वाटर ड्रोन र क्यामेरा प्रयोग
असार २९, २०८१ शनिबार
भानु जयन्ती - शोभायात्रा
असार २९, २०८१ शनिबार
सिमलताल बस दुर्घटना : खोजीकार्य प्रभावकारी बनाउन परिवारजनको माग
असार २९, २०८१ शनिबार
साउन १ गतेदेखि पोखरा विश्वविद्यालयका सवै काम अनलाइनमा
असार २९, २०८१ शनिबार