मल पर्याप्त मौज्दात छ, किसानले अभाव झेल्नु पर्दैन
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार ११:५०:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/mal-1_GcDtI5b6kY_JykcjWpyYX.jpg)
१४ असार, सिरहा । यस वर्ष जिल्लाका किसानले धान रोपाइँको समय रासायनिक मलको अभाव झेल्नु नपर्ने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानसँग पर्याप्त मौज्दात मल भएकाले सिरहाका किसानलाई समस्या नहुने भएको हो ।
जिल्लामा आवश्यक रासायनिक मल तीन किस्तामा वितरण भइरहेको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले जनाएको छ । बाँकी मल आउने क्रम जारी रहेकाले अभाव नहुने कार्यालयका प्रमुख दीपकराज पौडेलले जानकारी दिए । यसअघि कम्पनीले बजार मागअनुसार मल ल्याउन नसक्दा किसानले अभाव झेल्नुपरेको उनको भनाइ छ ।
प्रमुख पौडेलका अनुसार सिरहामा करिब ६३ हजार नौ सय ६८ हेक्टर जमिन खेतीयोग्य रहेको छ । बजारको माग अनुसार नै रासायनिक मलको आयात भइरहेकाले मौज्दात रहेको मल वितरण भइरहेको उनले जानकारी दिए । रासायनिक मलको सबैभन्दा धेरै माग असारमा हुने भन्दै मागअनुसारको थप मल आइरहेकाले अभाव नहुने उनले बताए ।
“हामीले असार सुरुदेखि पहिलो चरणको सात सय मेट्रिकटन रासायनिक मल वितरण गरिसकेका छौँ । अहिले दोस्रो चरणको आठ सय मेट्रिकटन वितरण भइरहेको छ । तेस्रो चरणमा यही असार २२ गतेसम्म वितरण हुन्छ”, प्रमुख पौडेले भने, “यसरी सबै किसानलाई आवश्यकताका आधारमा मल वितरण गरिने हुँदा ढुक्क हुनलाई म आग्रह गर्दछु ।” युरिया, डिएपी, पोटासलगायत रासायनिक मल कम्पनीसँग प्रयाप्त मौज्दात रहेको उनको भनाइ छ ।
जिल्लाका किसानका लागि पालिकाले तोकेका कृषि सहकारी संस्थामार्फत मल वितरण हुँदै आएको छ । सम्बन्धित निकायले पहुँचका आधारमा सिफारिस गर्ने हुनाले वास्तविक किसान मल पाउनबाट छुटेको हुनसक्ने भन्दै पौडेलले भने, “कतिपय किसानले मलखाद नपाएको गुनासो आएको छ । किस्तामा मल वितरण गर्नुपरेकाले उनीहरुको पालो अब क्रमशः आउने छ ।”
जिल्लामा कृषि सामग्री केन्द्रसँगै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले पनि रासायनिक मल वितरण गरिरहेको छ । कृषि ज्ञान केन्द्रले आवश्यकता अनुसार पालिकालाई रासायनिक मलको कोटा निर्धारण गर्ने र पालिकाले सोहीअनुसार पत्र पठाएपछि मल प्रदान गरिने पौडेलले जानकारी दिए । गत वर्षभन्दा यसवर्ष धेरै मल आयात भएकाले मल अभाव नहुने उनको विश्वास छ । रासायनिक मलले गोठमलभन्दा तुरुन्त काम गर्ने, लागत कम लाग्ने, उत्पादन र उत्पादकत्व बढाउने किसानको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
असार १५, किसानले धानेको कांग्रेसको राजनीति
असार १६, २०८१ आइतबार
पर्यावरण संरक्षणका लागि फोर एचद्वारा १०० युवा इको लिडर घोषणा
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार