सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १२:४७:५४
१४ असार, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयको जगकारुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन गाउँपालिकाले रु नौ लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको हो ।
प्रारम्भिक बालविकास केन्द्रमा सिकाइलाई खेलेर अध्ययन गर्ने अवसर प्रदान गर्नका लागि भाषिक, पूर्वगणितीय, विज्ञान तथा वातावरण, दृष्यकला र सिर्जनाशीलता, सामाजिक अध्ययन र अभिनय सीपसँग सम्बन्धित विभिन्न एक सय २६ किसिमका शिक्षण सिकाइ सामग्री प्रदान गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए ।
उनका अनुसार पालिकाभित्र रहेका ३८ प्रारम्भिक बालिविकास केन्द्रमध्ये यसवर्ष १८ वटा विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराइएको छ । बाँकी सिकाई केन्द्रलाई आगामी वर्षमा शैक्षिक सामग्री उपलब्ध गराउने तयारी गरिएको छ । गाउँपालिकाले हरेक बालविकास केन्द्रलाई रु ५० हजार बराबरको शैक्षिक सामग्री उपलब्ध गराउँदै आइएको जनाएको छ ।
गाउँपालिकाले विभिन्न १५ वटा आधारभूत विद्यालयलाई डेस्कटप कम्प्युटर वितरण गरेको छ । आधारभूत तहमा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि (आईसिटी) सुदृढीकरण कार्यक्रमअन्तर्गत रु छ लाख ५० हजार बजेटबाट उक्त कम्प्युटर खरिद गरेर उपलब्ध गराइएको शिक्षा अधिकृत कटुवालले जानकारी दिए । गत वर्ष ७५ प्रतिशत अनुदानमा १० विद्यालयमा एक÷एकवटा कम्प्युटर उपलब्ध गराएको थियो ।
पालिकाले विद्यालयको पाठ्यपुस्तकमा अनिवार्य भएको कम्प्युटर विषयको पठनपाठनमा सहजताका लागि कम्प्युटर अभाव रहेका विद्यालय छनोट गरी यसवर्ष निःशुल्क रुपमा कम्प्युटर उपलब्ध गराएको जनाएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको लागि निःशूल्क सेनेटरी प्याड र डिस्पोजल मेसिनसमेत वितरण गरिएको छ ।
चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि विनियोजन भएको रु पाँच लाख ९४ हजार बजेटबाट पालिकाले १४ सामुदायिक विद्यालयलाई सेनेटरी प्याड र प्याडलाई नष्ट गर्ने मेसिन खदिर गरेर उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, प्रमुख प्रशासकीय अधिकृत सुवेदी, वडाध्यक्ष ओमप्रसाद फगामी, शिक्षा अधिकृत कटुवाललगायतले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई उक्त सामग्री वितरण गरेको थियो । सामग्री वितरण गर्दै गाउँपालिकाका अध्यक्ष पुनले सामुदायिक विद्यालयको भौतिक पूर्वाधार निर्माणसँगै शैक्षिक गुणस्तर सुधार र शिक्षण सिकाइमा सूचना, प्रविधिको उपयोग बढाउन जोड दिइएको बताए ।
यसैबीच गाउँपालिकाले कोभिडबाट भएको सिकाइ क्षति न्यूनीकरणअन्तर्गत आपूरणीय क्षति र दु्रत सिकाइसम्बन्धी ३६ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण समेत गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने निर्णय
असार १२, २०८१ बुधबार
शिक्षा मन्त्रालयको निर्णयले सरुवा र काजका नाममा बेथिति बढ्न सक्ने
असार ६, २०८१ बिहिबार
विपन्नलाई पढाउन तीन विद्यालयमा अक्षयकोष स्थापना
असार ५, २०८१ बुधबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार