वर्षाले दिल्लीको जनजीवन तहसनहस, सरकारले बोलायो आपतकालीन बैठक
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एकको मृत्यु
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १४:४:१५
१४ असार, काठमाडौं । भारतको राजधानी दिल्लीमा शुक्रबार भारी वर्षाका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ
भारी वर्षासँगै छत भत्किएर च्यापिँदा एक जना ट्याक्सी चालकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। समाचार एजेन्सीका अनुसार १० वटा सवारी साधन च्यापिँदा केही घाइते छन् । अहिले धेरै उडानहरु रद्द भएका छन् ।
सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो । ठूला–ठूला बिम कारहरुमाथि बज्रिएका थिए । स्थलगत अवलोकन गर्न केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु सहितका अधिकारीहरु घटनास्थलमा पुगेका छन् ।
मन्त्री नायडुका अनुसार सन् यो सन् २००९ मै निर्माण भएको थियो । घटनाको सत्यतथ्य जाँच हुने उनले बताए । उनले देशका अन्य विमानस्थलको भौतिक पूर्वाधारको अवस्थाको पनि जाँच गर्ने बताए । मन्त्री नायडुले मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँको दरले राहत दिने घोषणासमेत गरे ।
अविरल वर्षाका कारण धेरै ठाउँमा सडक डुबानमा परेका छन् । जसका कारण दिल्लीको यातायात प्रभावित भएको छ । यशभूमि द्वारका सेक्टर २५ एयरपोर्ट एक्सप्रेस लाइनको मेट्रो स्टेशन बन्द गरिएको समाचार एजेन्सी बीबीसी हिन्दीले जनाएकाे छ। जसका कारण सर्वसाधारण यात्रुलाई निकै समस्या परेको छ ।
आईएमडीले दक्षिणपश्चिम मनसुनले पश्चिम राजस्थान, पूर्वी राजस्थानको बाँकी भाग, हरियाणाको केही भाग, पूरै दिल्ली, पश्चिम उत्तर प्रदेश, मध्य प्रदेश, छत्तीसगढ, पश्चिम बंगाल, झारखण्ड, बिहारको बाँकी भाग र पूर्वी उत्तरलाई कभर गर्ने जनाएको छ।
मौसम विभागका अनुसार मनसुन जैसलमेर, चुरु, भिवानी, दिल्ली, अलिगढ, कानपुर, गाजीपुर, गोंडा, खेरी, मुरादाबाद, देहरादून, उना, पठानकोट, जम्मू हुँदै जानेछ। दक्षिणपश्चिम मनसुन आगामी २-३ दिनमा पश्चिम राजस्थान, हरियाणा, चण्डीगढ र पञ्जाब, उत्तराखण्ड, हिमाचल प्रदेश र जम्मुका बाँकी भागहरूमा प्रवेश गर्ने सम्भावना छ।
यसैबीच, दिल्लीमा जलमग्न र वर्षाको विषयमा आपतकालीन बैठक बोलाइएको छ । बैठकमा दिल्ली सरकारका सबै मन्त्री सहभागी हुनेछन् । बैठक शुक्रबार दिउँसो २ बजेपछि दिल्ली सचिवालयमा बस्नेछ । बैठकमा सबै वरिष्ठ अधिकारी पनि सहभागी हुनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रदेश राज्यमन्त्री सवार गाडी भारतमा दुर्घटना, ३ जना घाइते
पुष ६, २०८१ शनिबार
छोटो सोचाइ र कमजोर आधारमा आन्तरिक अर्थतन्त्रको विकास हुनै सक्दैन
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार