प्रतिनिधिसभा बैठक : प्राकृतिक विपद्बाट बच्न समयमै तयारी थाल्न आग्रह

नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १४:३६:२३

१४ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका छन् ।
आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो क्षति व्यहोर्नु परेको बताए । सांसद बस्नेतले कार्यविधिका कारण एकै व्यक्तिलाई भूकम्प र बाढी पहिरोको अलगअलग राहत वितरण गर्न कठिनाइ देखिएको बताए ।
उनले दूध व्यवसायी किसानका समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरे । सांसद बस्नेतले सहकारीमा निमुखा आर्थिक रुपमा विपन्न गरिब जनताको अर्बौँ रकम अपचलन भएको भन्दै छानबिन समितिलाई चाँडो निष्कर्षमा पुर्याउन आग्रह गरे ।
उनले फरक प्रसङ्गमा टेरामक्म प्रविधि टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने उल्लेख गरे । आफूले ठूलो आट गरेर सुरु गरेको यो प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको जानकारी गराउँदै यो प्रविधिलाई लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिने उनको भनाइ छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माओवादी) का लेखनाथ दाहालले वर्षायामको सुरुआतमै ठूलो जनधनको क्षति भएको बताउँदै उद्धार र राहतमा सरकारले प्रभावकारीरुपमा काम गर्ने अपेक्षा गरे । उनले बिहीबार सार्वजनिक एसईई परीक्षाको परीक्षाफलमा ५२ प्रतिशत असफल भएको भन्दै यसका बारेमा गम्भीर समीक्षा गर्नुपर्ने बताए ।
सदनबाट पारित भएको विनियोजन विधेयकका बारेमा बृहत्रुपमा छलफल भएकाले यसका सबल र दुर्बल पक्षका बारेमा जानकारी भएको बताउँदै सांसद दाहालले मन्त्रालयगत कमजोरी विगतदेखि नै भएको उल्लेख गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा रु तीन करोडभन्दा कमका योजना तथा आयोजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने भनेपछि सङ्घीय संरचनाअन्तर्गतका निकायले के काम गर्ने भनी प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्दोलनको कार्ययोजना बनाउन एकीकृत समाजवादीले बनायो कार्यदल
फागुन १४, २०८१ बुधबार
एमालेको सचिवालय बैठक बोलाइयो
फागुन १४, २०८१ बुधबार
परराष्ट्रमन्त्री राणा र राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकबीच भेटवार्ता
फागुन १४, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार