विवादले काठमाडौं महानगरको नगरसभा रोकियो, उपमेयर डंगोलको पोर्चुगल भ्रमण पनि स्थगित
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १५:३८:४
१४ असार, काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई दिएर काठमाडौं महानगारपालिकाका मेयर बालेन शाह विवादमा तानिएका छन् । शुक्रबारको नगरसभा बैठक बस्दै नबसी स्थगित भएको छ । विवदाकै कारण महानगरकी उपमेयर सुनिता डंगोलले पोचुर्गल भ्रमण पनि स्थगित भएको छ ।
नगरसभा बैठकमा मेयर शाह र सदस्यबीच देखिएको विवादका कारण उनले पोर्चुगल भ्रमणमा रोकेको बताइएको छ । गलत सन्देश जानसक्ने भन्दै उपमेयर डंगोलले भ्रमण स्थगित गरेकी हुन् । उनको भोली असार १५ गते पोर्चुगल भ्रमणमा निस्कने कार्यतालिका थियो । शुक्रबार बिहानैमात्र काठमाडौँ महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको हो । मेयर बालेन्द्र शाह तीन घण्टासम्म बैठकमा नपुगेपछि नगरसभा सदस्यहरू फर्किएका थिए ।
यस्तो अवस्थामा आफ्नो पोर्चुगल भ्रमणले झनै गलत सन्देश जानसक्ने भन्दै भ्रमण स्थगित भएको उनको सचिवालयले जनाएको छ । शुत्रबार विहान ८ बजे बोलाइएको नगरसभाको बैठक बस्न नसकेपछि उनले भ्रमण स्थगित गरिन । आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो । तर बैठकमा मेयर बालेन शाह नै आएनन् ।
उनले मेयर शाहले फेसबुकमा स्टाटस राखेर नगरसभा स्थगित गरेको भनेर खबर पाएको बताए । मेयर शाहले नगरसभा सदस्यहरुसँग बैठकमा फेस नै नगरी नगरसभा स्थगित गरेको आरोप लगाए । तर, काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बैठकमा छलफल गर्न तयारी नपुगेकाले नगरसभा स्थगित गरिएको बताएका छन् ।
यता, काठमाडौँ महानगरपालिकाका मेयर शाहले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम गर्न नमन्दा नगरसभा बैठक रोकिएको बताएका छन् । शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको बताए । ‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ उनले लेखेका छन् ।
स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान धेरै देखेको मेयर शाहको आरोप छ । ‘सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै काङ्ग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ,’ उनले भने ।
यसअघि ई–स्पोर्टस्का नाममा एक करोड रुपैयाँ बजेट छुट्याएपछि काठमाडौँ महानगरपालिकाका प्रमुख शाह विवादमा तानिएका थिए । आफूलाई चुनावी प्रचारमा सहयोग गरेको चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई अप्रत्यक्ष रूपमा फाइदा पुग्ने गरी शाहले बजेटमा एक करोड रकम विनियोजन गरेको भन्दै अहिले सामाजिक सञ्जालमा बहस भएको थियो ।
¥यापर यमबुद्धको सालिक बनाउन महानगरले १५ लाख रुपैयाँ दिने निर्णय गरेपछि पनि उनी विवादमा तानिएका थिए । चौतर्फी विरोध भएपछि उनले आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउने बताएका थिए । ‘ई–स्पोर्टस’को नाममा काठमाडौँ महानगरले एक करोड रकम विनियोजन गरेको दाबीसहित समाचारहरु प्रकाशित भएपछि बालेनको आलोचना भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप५०० पसलमा २० मात्रै नियमअनुरुप चलेका भेटिए
मंसिर ८, २०८१ शनिबार
नागरिकलाई जुत्ताको माला लगाएर घुमाउन वडा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा दायर
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि
मंसिर ९, २०८१ आइतबार