सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन युनियनको चेतावनी, पत्रकारहरू आन्दोलित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १५:४९:४
![](https://nepalbahas.prixacdn.net/media/albums/nepal_press_union_jpgjm87grF_WiQwPQXVFb.png)
१४ असार, काठमाडौं । नेपाल पत्रकार महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल प्रेस युनियनले आग्रह गरेको छ । पत्रकार महासंघको नेतृत्वले युनियनसँग हालसम्म कुनै सम्वाद नगरी बेवास्ता गरेर एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा घोर आपत्ति जनाउँदै कुनै अमुक संगठनको स्वार्थ अनुरूप समस्या समाधान नगरी निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेमा त्यसको क्षति महासंघले ब्यहोर्नुपर्ने चेतावनी दिइएको छ ।
अध्यक्ष शिव लम्सालद्वारा आज दिउँसो हस्ताक्षरित विज्ञप्तिमा नेपाल पत्रकार महासंघको सदस्यता विवादलाई विधान अनुसार टुंग्याउन पत्रकार महासंघको वर्तमान नेतृत्वले उदासीनता देखाएको प्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । पत्रकार महासंघका शाखा र प्रदेश कार्यसमितिले सिफारिस गरेका सदस्यलाई हटाएर महासंघको कुनै पनि वैध संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यस अघि नै असहमति जनाइसकेको सो विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रेस युनियनले असार ९ गते पत्रकार महासंघको सदस्यता विवाद लगायतका समस्या सम्बोधन गरेर निर्वाचनको वातावरण तयार गर्न आग्रह गर्दै ५ बुँदे मागसहित २४ घण्टे ध्यानाकर्षण गराएको स्मरण गराउन चाहन्छौं । लगत्तै महासंघका अध्यक्ष र महासचिवसँग भएको वार्तामा शाखा र प्रदेश समितिले सिफारिस गर्दासमेत नाम काटिएका तथा छुटेका वास्तविक पत्रकारलाई समेत समावेश गरी अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने सहमति भएको थियो । महासंघको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने समय घर्किन लाग्दा पनि पत्रकार महासंघको नेतृत्वले युनियनसँग कुनै सम्वाद नगरी बेवास्ता गरेर एकपक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाउने प्रयत्न गरेकोमा घोर आपत्ति जनाउँछौँ ।”
महासंघकै शाखा तथा प्रदेश समितिको सिफारिस, पत्रकारले सदस्यताका लागि केन्द्रीय निर्वाचन समितिमा दिएको आवेदनको उजुरीलाई समेत बेवास्ता गर्ने, जिल्ला तथा प्रदेश समितिलाई धम्कीपूर्ण पत्रमार्फत निर्वाचन समिति गठन गर्न निर्देशन दिएर महासंघ जस्तो लोकतान्त्रिक संस्थाले अलोकतान्त्रिक चरित्र देखाएको युनियनले ठहर गरेको छ । पत्रकार महासंघको निर्वाचन प्रक्रियालाई सहजीकरण गर्न महाधिवेशनबाट पूर्वअध्यक्षहरु सम्मिलित निर्देशक समितिका सदस्यहरूले आफू पनि महासंघको पूर्व अध्यक्ष भएको गरिमा ख्याल नगरी सत्ता समर्थित संगठनहरूको संयुक्त बैठकमा बस्ने र विधि विपरीतका प्रतिबद्धता गरी महासंघलाई अन्योलमा पार्ने काम गरेको प्रति पनि युनियनले आपत्ति प्रकट गरेको छ ।
महासंघको सदस्यता विवाद सुल्झाएर सबैको स्वीकार्यता नहुँदासम्म निर्वाचन प्रक्रिया अघि नबढाउन नेपाल पत्रकार महासंघ र केन्द्रीय निर्वाचन समितिलाई युनियनले चेतावनीको भाषामा आग्रह गरेको छ । महासंघका अध्यक्ष र महासचिवले प्रेस युनियनसँग गरेको प्रतिवद्धता कार्यान्वयन नगरी विधान अनुसार सदस्यता विवाद नटुंगाई एक पक्षीय रुपमा निर्वाचन प्रक्रिया अघि बढाएमा देशभरका पत्रकारहरू आन्दोलित हुने र त्यसको परिणाम महासंघलाई विधि विपरीत सञ्चालन गर्न चाहनेहरूले नै ब्यहोर्नुपर्ने चेतावनी पनि विज्ञप्तिमार्फत् दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार