अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १६:२३:२४
![](https://nepalbahas.prixacdn.net/media/albums/Hina-Khan.png_PVeEQeYjoB_Sy4hx3X55R.png)
१४ असार, काठमाडौं । भारतकी चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् । अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार साझा गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।
हिनाले थप लेखिन्, ‘म मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार साझा गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई पराजित गर्न हर सम्भव प्रयास गर्न तयार छु ।'
हिना खानले फ्यानसँग गोपनियताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु। म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।'
हिना ये रिस्ता क्या कहलाता है सिरियलबाट घर घरमा चर्चित बनेकी थिइन् । त्यसपछि उनले चर्चित रियालिटी शो बिग बोसबाट निकै चर्चा बटुलेकी थिइन् । बिग बोस पछि उनले केही फिल्ममा समेत काम गरेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ बलिउड फिल्म कल्की २८९८ एडीको बक्स अफिस कलेक्सन ?
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार