मुख्यमन्त्री कप टी–२० क्रिकेटको उपाधि सुर्खेतलाई
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार १९:४७:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/chief-minister-cup_lwyL5gAvmo_GC0qGYe016.jpg)
१४ असार, सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न मुख्यमन्त्री कप टी–ट्वान्टी क्रिकेटको उपाधि सुर्खेतले जितेको छ । कालुङचोक क्रिकेट मैदानमा आज भएको फाइनलमा रुकुम पश्चिमलाई १५ रनले हराउँदै सुर्खेतले उपाधि जितेको हो ।
एक सय ३२ रनको लक्ष्य पाएको रुकुम पश्चिमले निर्धारित २० ओभरमा एक सय १६ रन मात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन बनायो । घरेलु टोलीका लागि कप्तान विपिन रावलले ४८ रनको योगदान दिए ।
प्रतियोगिताको उपाधिसँगै सुर्खेतले रु एक लाख एक हजार नगद प्राप्त गरेको छ भने उपविजेता रुकुमपश्चिमले रु ५१ हजार पाएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा कर्णाली प्रादेशिक क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगितामा प्रदेशका सात वटा जिल्लाले भाग लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै
असार १६, २०८१ आइतबार
क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १६, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार