प्रतिवेदन मिडियामा सार्वजनिक गरेको भन्दै रास्वपाले महामन्त्री ढकाललाई सोध्यो स्पष्टीकरण
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार २१:०:४१
१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको छ । महामन्त्री ढकाललाई पार्टीको आन्तरिक कुरा मिडियामार्फत अनावश्यक प्रचारबाजी गरी अनुशासन भंग गरेको भन्दै के कारणले यस्तो गरेको हो भनी शुक्रबार अपरान्ह स्पष्टीकरण पत्र थमाएको हो ।
महामन्त्री ढकालले प्रतिवेदन बुझाएको दुई दिनपछि शुक्रबार उनलाई स्पष्टीकरण सोधेको हो । देश दौडाहा गरी तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाउनु उचित भए पनि प्रतिवेदनमा भएका कुराहरू सुरुमै सञ्चारमाध्यममा फैल्याएको र त्यही कुरा गलत भएको निष्कर्षसहित पार्टी सभापति रवि लामिछानेले ढकाललाई अनुशासन आयोगमार्फत स्पष्टीकरण पत्र काटेका हुन् ।
महामन्त्री ढकालले देशका ३८ जिल्ला घुमेर १ महिना लामो समीक्षा यात्रापछि बुधबार ३२ पेजको प्रतिवेदन पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई बुझाएका थिए । ढकालले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउनु अघि नै मिडियामा प्रचारबाजी गरेको भन्दै पार्टी भित्र व्यापक विरोध भइरहेको छ ।
उनले प्रतिवेदनमा रास्वपाले बेलैमा कठोर निर्णय नलिएमा केही समयमा नै पार्टी विवेकशीको हालतमा पुग्ने, तत्काल सरकारबाट हट्नुपर्ने, एमाले माओवादीसँगको साँठगाँठ त्यागेर काठमाडौंका मेयर बालेन हाल र धनगडीका मेयर गोपी हमालसँग मिल्नुपर्ने सुझाव दिएका थिए ।
आयोगले महामन्त्री ढकाललाई शुक्रबार स्पष्टीकरण पत्र दिइएको बताइएको छ । तर महामन्त्री ढकालले आफूलाई सभापतिले अहिलेसम्म स्पष्टीकरण नसोधेको बताएका छन् । उनले भनेका छन्-‘मलाई अहिलेसम्म पार्टी सभापतिले स्पष्टीकरण सोध्नुभएको छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार