पहिरोले सिँचाइ नहर बगाउँदा रोपाईँ प्रभावित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार २२:८:६
![](https://nepalbahas.prixacdn.net/media/albums/pahiro_LIyZnd10Bm_pE5QgJamj2.jpg)
१४ असार, कास्की । धान रोप्ने बेलामा नहर पहिरोले बगाएपछि पोखरा महानगरपालिका–१९ पुरुनचौरका कृषक चिन्तित बनेका छन् । सार्दीखोला पुरुनचौर सिँचाइ आयोजनाको नहर स्थानीपाताल भन्ने ठाउँमा गत मङ्गलबार रातिको वर्षासँगै पहिरोले बगाएको थियो ।
पहिरोले बगाएपछि नहर पूर्ण रुपमा बन्द भएको छ । नहरमा पानी नआएपछि धान रोपाइँको तयारी गरेका कृषक निरास बनेका हुन् । पोखरा–१९ पुरुनचौरका स्थानीय इमानराज पौडेलले नहरबाट पानी नआउँदा साविक पुरुनचौरको वडा न ६, ७, ८ र ९ गरी चार वडाका सयौँ कृषकहरु धान रोपाइँबाट वञ्चित भएको बताए । पुरुनचौरमा यसवर्ष आधाभन्दा बढी खेतमा रोपाइँ हुन बाँकी छ । सो सिँचाइ आयोजनाबाट तीन सय ५० हेक्टर जमिन सिँचित हुँदै आएको थियो ।
“धानको बीउ छिप्पिन लागिसकेको छ तर नहर नचल्दा पुरुनचौरको धान रोपाइँ हुने क्षेत्रका आधा जमिन पूरै सुक्खा हुने अवस्था छ ।” पौडेलले भने, “पुरानो कुलो सञ्चालनमा छैन । आकाशबाट पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन ।”
पहिरोले ३० मिटर नहर बगाएको छ । यस विषयमा स्थानीयवासीले पोखरा महानगरपालिका तथा प्रदेश सरकारसँग ध्यानाकर्षण गराएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पहिरोले क्षति पुगेको नहरको स्थलगत अवलोकन गरेका छन् । उनले स्थानीय कृषकहरुलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । मुख्यमन्त्रीले नहर पुनःनिर्माणका लागि प्रदेश सरकारले तुरुन्त काम अघि बढाउने बताएका छन् ।
मुख्यमन्त्री पाण्डेले भने, “प्रदेश सरकारले कृषकले भोग्नुपरेको समस्या तुरुन्त समाधान गरिनेछ । हामीले छिटोभन्दा छिटो नहर मर्मत गरी पानी सुचारु गर्नेतर्फ लाग्ने छौँ । खेतीयोग्य जमिन बाँझो हुन दिनेछैनौँ ।” सार्दीखोला पुरुनचौर सिँचाइ विसं २०५२ मा निर्माण गरिएको हो । माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाको पानी पाँच किमी लामो नहरमार्फत ल्याएर पुरुनचौरको जमिनमा सिँचाइ गरिँदै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंका विभिन्न स्थानमा आज सात घन्टा बत्ती काटिने
असार १५, २०८१ शनिबार
तीन बुँदे मागसहित बूढीगण्डकी बारे बाबुरामको प्रधानमन्त्री प्रचण्डलाई अल्टिमेटम
असार १४, २०८१ शुक्रबार
म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिको सिंचाई आयोजना निर्माण
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
असार १६, २०८१ आइतबार
विवाद समाधान गरी निर्वाचन प्रक्रियामा जान पत्रकार महासंघलाई पूर्वसभापतिहरुकोे अपिल
असार १६, २०८१ आइतबार
रवीन्द्र जडेजाले पनि लिए टि–२० बाट सन्न्यास
असार १६, २०८१ आइतबार
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
असार १६, २०८१ आइतबार
भक्तपुरका विद्यार्थी धान रोपाईमा व्यस्त
असार १६, २०८१ आइतबार
वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली बन्दी
असार १६, २०८१ आइतबार