लागुदार्थ सेवन गर्ने सवारी चालक कारबाहीमा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १४, २०८१ शुक्रबार २२:३३:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/Traffice_Police_Kathmandu_9eFbX6eGxZ_QDpgyGTY8t.jpg)
१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले आज लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाउने चार र यान्त्रिक अवस्था ठीक नराखी सवारीसाधन चलाउने ३१ गरी ३५ जना चालकलाई कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा१ज ८४५७ नंको माइक्रो चालक ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ का २२ वर्षीय कृष्ण कार्की, बा५ख ९५०८ नंका बस चालक सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–५ का ३८ वर्षीय भोपेन्द्र भण्डारी, बा५ख ४३०० नंका बस चालक चितवनको राप्ती नगरपालिका–७ का ३१ वर्षीय रमेश विक र बा६ख ३००६ नंका बस चालक धादिङको नीलकण्ठ नगरपालिका–१२ का ३३ वर्षीय टीकाराम श्रेष्ठलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
आज नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाब ड्रग किटमा राखेर परीक्षण गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारीसाधनका चालकहरूले नसालु पदार्थ सेवन गरे/नगरेको जाँच गर्दै आएको छ । सोही क्रममा आज उनीहरु पक्राउ परेका श्रेष्ठले बताए ।
काठमाडौँको सीतापाइलामा आजै गरिएको यान्त्रिक चेकिङका क्रममा अवस्था ठीक नभएका सवारी साधन चलाउने ३१ वटा सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ५३ वटा सवारी साधन जाँच गर्दा ह्यान्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका ३१ सवारी चालकलाई कारबाही गरिएको उनले बताए । सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा सहजीकरण गर्न ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिकलगायत विशेष जाँच गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलपोखरी ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो
फागुन ४, २०८१ आइतबार
पाल्पाको रम्भा गाउँपालिकाका १४ घरमा सामुदायिक घरवास सञ्चालन
फागुन ४, २०८१ आइतबार
हेटौंडा सिमेन्ट उद्योगमा आर्थिक संकट गहिरिँदै, उत्पादन ठप्प
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
लेबनानमा शान्ति सेनामाथि आक्रमण गरेको आरोपमा २५ जना पक्राउ
फागुन ३, २०८१ शनिबार
प्रश्नको उत्तरमै प्रधानमन्त्रीको कन्जुस्याई (पूर्णपाठसहित)
फागुन ४, २०८१ आइतबार
चिकित्सकले मानिसको स्वास्थ्य परीक्षणको लागि नङ हेर्न सक्छन् ?
फागुन ४, २०८१ आइतबार
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ
फागुन ४, २०८१ आइतबार
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
फागुन ४, २०८१ आइतबार
ओस्कार अवार्ड : २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने
फागुन ४, २०८१ आइतबार