पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार ९:१८:५६
![](https://nepalbahas.prixacdn.net/media/albums/library1_icH4UqHSpf_oVK1mMRvEU.jpg)
१५ असार, काठमाडौं । नेपाल सामुदायिक पुस्तकालय सङ्घले प्रदेश र स्थानीय तहमा पुस्तकालय रेखदेख गर्ने कर्मचारी राख्न माग गरेको छ । दुई दिनसम्म सञ्चालन भएको सङ्घको बागमती प्रदेश सम्मेलनले सो मागसहित १५ बुँदे घोषणापत्र जारी गरेको छ ।
सम्मेलनबाट पारित घोषणापत्रमा प्रदेश सरकारको पुस्तकालय हेर्ने मन्त्रालयमा पुस्तकालय विज्ञान समूहको कम्तीमा अधिकृत सरहको र स्थानीय तहमा राजपत्र अङ्कित प्रथम श्रेणी वा सोसरहको कर्मचारीको अनिवार्य व्यवस्था गर्न माग गरिएको हो । साथै सार्वजनिक तथा सामुदायिक पुस्तकालय सञ्चालन गर्न पुस्तकालय तथा सूचना विज्ञान विषयमा कम्तीमा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरेको कर्मचारी अनिवार्य राख्न हरेक स्थानीय तहसँग माग गरिएको छ ।
यसैगरी पुस्तकालय ऐन बनाउन, पठन संस्कृतिको विकास गर्न, पुस्तालयका लागि अन्तरपुस्ता ज्ञान आदानप्रदान गर्नेलगायत कुरा घोषणापत्रमा उल्लेख गरिएको सङ्घका महासचिव राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । सम्मेलनले बागमती प्रदेश कमिटी समेत चयन गरेको । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा डिल्लीरमण रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाटमा उक्त सम्मेलन आयोजना गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार