पराग्वेमाथि ब्राजिलको फराकिलो जित
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार ९:३८:५४
१५ असार, काठमाडौं । ब्राजिलले कोपा अमेरिका अन्तर्गतको खेलमा पराग्वेलाई फराकिलो जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा ब्राजिलले पराग्वेलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने साभियो र लुकास पाक्वेटाले एक एक गोल गरेका थिए । त्यस्तै पराग्वेका लागि ओमार अलडेरेटले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ८१ औं मिनेटमा आन्द्रेज कुबासले रातो कार्ड पाएपछि पराग्वे १० खेलाडीमा सीमित भएको थियो । यो जितपछि ब्राजिलको २ खेलमा ४ अंक भएको छ र समूह डी मा दोस्रो स्थानमा छ । त्यस्तै पराग्वेले भने लगातार दोस्रो हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको छ । अब ब्राजिलले समूह चरणको अन्तिम खेलमा जुलाई ३ मा कोलोम्बियाको सामना गर्ने छ । त्यस्तै सोही दिन पराग्वेले कोस्टारिकाको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार