युरोकपको नकआउटमा जर्मनी र डेनमार्क खेल्दै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार १०:१८:५५
![](https://nepalbahas.prixacdn.net/media/albums/Germany.jpg-3_rvvmhTCJZw_w0FG0ah2vJ.jpg)
१५ असार, काठमाडौं । जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरू हुँदै छन् । नकआउट चरणको खेलमा आज जर्मनी र डेनमार्क खेल्दै छन् । यो खेल नेपाली समय अनुसार राति १२: ४५ बजेदेखि शुरु हुँदै छ ।
युरोकपको आयोजक समेत रहेको जर्मनीले समूह ए मा ३ खेल मध्ये २ जित र एक बराबरीसहित शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको छ । त्यस्तै डेनमार्कले समूह सीबाट तिनै खेल बराबरी खेलेर दोस्रो स्थानमा रहँदै नकआउटमा पुगेको हो ।
जर्मनीले अहिलेसम्म तीन पटक युरोकप जितेको छ भने तीन पटक उपविजेता बनेको छ । जर्मनीले पछिल्लो पटक १९९६ मा युरोकप जितेको थियो भने २००८ मा उपविजेता बनेको थियो । त्यस्तै डेनमार्कले १९९२ मा युरोकप जितेको थियो । त्यस यता डेनमार्क युरोकपको फाइनलमा पुग्न सकेको छैन ।
जर्मनी र डेनमार्कबीच अहिलेसम्म २८ खेल भएका छन् । जसमा जर्मनीले १५ खेल जितेको छ भने डेनमार्कले ८ खेल जितेको छ । त्यस्तै ५ खेल बराबरीमा सकिएका छन् ।
नकआउट चरणमा को को खेल्दै छन् ?
२४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन् । जसमा हरेक समूहका समूह विजेता र उपविजेता गरि १२ देश नक आउटमा पुगेका छन् भने हरेक समूहका तेस्रो स्थानमा रहेका शीर्ष चार देश नक आउट चरणमा पुगेका छन् ।
जसमा समूह ए बाट जर्मनी विजेता र स्वीजरल्याण्ड उपविजेता बन्दै नक आउटमा पुगेका छन् भने हंगेरी र स्कटल्याण्ड समूह चरणबाटै बाहिरिएका छन् । त्यस्तै समूह बी बाट स्पेन समूह विजेता र इटाली उपविजेता हुँदै नक आउटमा पुगेका छन् भने क्रोसिया र अल्बानिया बाहिरिएका छन् ।
त्यस्तै समूह सी बाट इङल्याण्ड विजेता र डेनमार्क उपविजेता हुँदै नकआउटमा पुगेका छन् । त्यस्तै स्लोभेनिया तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको छ । यस समूहबाट सर्बिया बाहिरिएको छ । त्यस्तै समूह डी बाट अस्ट्रिया विजेता र फ्रान्स उपविजेता हुँदै नक आउटमा पुगेको छ । त्यस्तै नेदरल्याण्डस तेस्रो हुँदै नक आउटमा पुगेको छ ।
त्यसैगरी समूह इ बाट रोमानिया विजेता र बेल्जियम उपविजेता हुँदै नक आउटमा पुगेको छ भने स्लोभाकिया तेस्रो स्थानमा हुँदै नक आउटमा पुगेको छ । त्यस्तै समूह एफ बाट पोर्चुगल विजेता र टर्की उपविजेता हुँदै नक आउटमा पुगेको छ भने जर्जिया तेस्रो स्थानमा रहँदै नक आउटमा पुगेको छ ।
अब नक आउट चरणमा स्पेन र जर्जिया खेल्ने छन् भने जर्मनीले डेनमार्कको सामना गर्ने छ । त्यस्तै पोर्चुगलले स्लोभेनियाको सामना गर्ने छ भने फ्रान्सले बेल्जियमको सामना गर्ने भएको छ । त्यसैगरी रोमानियाले नेदरल्याण्डसको सामना गर्ने छ भने अस्ट्रियाले टर्कीको सामना गर्ने छ । त्यस्तै इङल्याण्डले स्लोभाकियाको सामना गर्ने छ भने स्वीजरल्याण्डले इटालीको सामना गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
असार १७, २०८१ सोमबार
भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १७, २०८१ सोमबार
विश्वकप विजेता भारतीय टिमलाई १२५ करोड भारू पुरस्कार
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
एसईई मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने
असार १६, २०८१ आइतबार
व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत
असार १७, २०८१ सोमबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार