गोप्य सूचना संकलन ‘खुला अन्तरक्रिया’ नगरकोटबाट शुरु हुँदै
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार १६:४५:४७
![](https://nepalbahas.prixacdn.net/media/albums/Shankardas-Bairagi_bmj1g7krKa_t6KENvyggB.jpg)
१५ असार, काठमाडौं । सुरक्षा संयन्त्रको गोपनीयता र गोप्य सूचना संकलनको मर्मलाई थाती राखेर राष्ट्रिय सुरक्षा परिषदको नामबाट ‘खुला अन्तरक्रिया’ गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रिय सुरक्षा परिषदले यस्तो अन्तरक्रिया गर्न लागेको हो । सुरक्षा निकायले गोप्यता भंग हुने संभावना रहेको भन्दा भन्दै पनि यस आर्थिक वर्षको अन्तिम महिना नगरकोटमा सुरक्षा निकाय र नेपाल सरकारका कर्मचारीहरूसँग परिषदले खुला अन्तरक्रिया गर्ने भएको छ ।
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीको जोडबलमा सो अन्तरक्रिया गर्न लागिएको हो । ‘राष्ट्रिय सुरक्षा परिषदले यसरी खुला अन्तरक्रिया र गोष्ठी गर्ने परम्परा छैन भन्दा पनि उहाँ (शंकरदास वैरागी)ले मान्नु भएन’, परिषदका एक कर्मचारीले भने ।
राष्ट्रिय सुरक्षा परिषदलाई छायाँमा पार्ने गरी राष्ट्रिय सुरक्षा सल्लाहकारले सुरक्षा योजनासँग अत्यन्तै गोप्य मानिने सूचना संकलनका विषयमा ‘खुला अन्तरक्रिया’ गर्न कार्यक्रम राखेपछि सुरक्षा अंगका प्रमुखहरूले आपत्ति जनाइसकेका छन् । उनीहरुले प्रधानमन्त्रीलाई भेटेर संयुक्त रूपमा आपत्ति जनाएका हुन् । तर उनले असारको अन्तिम साता नगरकोटमा कार्यक्रम तय गरिसकेका छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागीले राष्ट्रिय सुरक्षा नीति पुनरावलोकनसहित परिमार्जन प्रयोजनका लागि सुरक्षा निकाय, प्रदेश सरकारका सचिव, प्रदेश सुरक्षा समिति, जिल्ला सुरक्षा समितिसँग अन्तरक्रिया गर्नुपर्ने प्रस्ताव पठाइसकेका छन् ।
संविधानतः राष्ट्रिय सुरक्षासम्बन्धी नीति, रणनीति तय गर्ने राष्ट्रिय सुरक्षा परिषदले हो, सुरक्षा सल्लाहकारले होइन । संविधान र सुरक्षा परिषदमा सुरक्षा सल्लाहकारको व्यवस्था छैन । त्यसैले सुरक्षा सल्लाहकारलाई संविधानले चिन्दैन । तर पनि उनी कामविहिन भएपछि निजामति कर्मचारीको शैलीमा अन्तरक्रिया गर्न थालेका हुन् । उनले नेपालको राष्ट्रिय सुरक्षामा असर पर्ने विषयहरू बनाएर छलफल गराउन लागेकोमा पनि सुरक्षा अंगहरूले आपत्ति जनाएका छन् ।
राष्ट्रिय सुरक्षा परिषदका नाममा सुरक्षा सल्लाहकारले अन्तरक्रियात्मक गोष्ठी गर्ने र सूचना संकलनमा खटिएका बाहेकका व्यक्तिहरूसँग छलफल गर्नु सुरक्षाका दृष्टिकोणले राम्रो होइन, यसमा सुरक्षा अंगको धारणा फरक छ भन्दै प्रधानमन्त्रीलाई जानकारी गराएको सुरक्षा स्रोतले जनाएको छ । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय अनुसन्धान विभागले दिने सूचनामा मात्रै सरकार भर पर्ने अवस्था नभएपछि अन्य तीनवटा सुरक्षा निकायबाट प्राप्त सूचनालाई राष्ट्रिय सुरक्षा परिषदले विश्लेषण गर्छ । सुरक्षा परिषदको प्रमुख उद्देश्य देशका कार्यकारी प्रमुखलाई राष्ट्रिय सुरक्षा र रक्षाका क्षेत्रमा सही सूचना उपलब्ध गराउने र सुझाव दिने हो । राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय सुरक्षा रणनीतिको निर्माण गर्नु पनि यसको उद्देश्य हो ।
सुरक्षा परिषदमा रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री मुख्य सचिव, प्रधानसेनापति सदस्य र रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव हुने संवैधानिक व्यवस्था छ । सुरक्षा परिषदको प्रमुख उद्देश्य देशका कार्यकारी प्रमुखलाई राष्ट्रिय सुरक्षा र रक्षाका क्षेत्रमा सही सूचना उपलब्ध गराउने र सुझाव दिने हो । राष्ट्रिय सुरक्षा नीति र राष्ट्रिय सुरक्षा रणनीतिको निर्माण गर्नु पनि यसको उद्देश्य हो । सुरक्षा नीति देशको महत्त्वपूर्ण पक्ष मानिने हुँदा त्यसैअनुसार सुरक्षा र अन्य रणनीति अख्तियार गरिन्छन्।
सुरक्षा परिषद् राष्ट्रिय हितको पहिचान, वर्गीकरण र पैरवी गर्ने एक किसिमको संवैधानिक परिषद् हो । संविधानको भाग २८ को धारा २६६ मा राष्ट्रिय सुरक्षा परिषद् गठन प्रक्रियाबारे उल्लेख छ । नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने व्यवस्था छ ।
सुरक्षा परिषदमा रक्षा मन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री मुख्य सचिव, प्रधानसेनापति सदस्य र रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव हुने संवैधानिक व्यवस्था छ । संविधानमा यस्तो व्यवस्था हुँदा हुँदै उनले नगरकोटमा मात्र होइन देशका सात वटै प्रदेश र विभिन्न स्थानहरूको खुला अन्तक्रिर्याको आयोजना गर्न लागेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
असार १६, २०८१ आइतबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
ग्राभेल उत्खनन गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु
असार १८, २०८१ मंगलबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
असार १८, २०८१ मंगलबार
राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेसको निर्णय, समझदारी पत्र भोलि अनुमोदन हुने
असार १८, २०८१ मंगलबार
पाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता
असार १८, २०८१ मंगलबार
दीपकराज गिरिको रास्वपा लक्षित व्यङ्ग्यः विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन
असार १८, २०८१ मंगलबार