फरार अभियुक्त झालाई पक्राउपछि अस्पताल लगियो
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार १३:०:०
![](https://nepalbahas.prixacdn.net/media/albums/bechan-jha_LNOONChF7n_FWa36STRix_gozovLZ9Xe.jpg)
१५ असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेका छन् । उनलाई गएराति कञ्चनपुरबाट पक्राउ गरिएको हो । स्वास्थ्यमा समस्या देखिएको भन्दै उनलाई अहिले उपचारका लागि अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।
झालाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही प्रकरणमा शुक्रबार नै पूर्वगृहमन्त्री बादल थापाका छोरा प्रतीक थापा पक्राउ परेका थिए । यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुनः अनुसन्धान गर्ने गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो । आफू पक्राउ परेपछि टोखा नगरपालिका–६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए । झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाट निर्णय गराउने भन्दै रकम असुल गरेका थिए ।
भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान जारी नै रहेको जनाएको छ । पहिलो चरणको अनुसन्धान सकेर मुद्दा अदालती प्रक्रियामा रहेकै बेला सोही प्रकृतिको थप जाहेरी प्रहरीमा परेको थियो । सोही जाहेरीमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको हो । शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा लागेका केही आरोपी अझै पक्राउ गर्न बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअसई थमन विकको हत्या प्रकरण, पूर्वसांसद यादव पक्राउ
असार १६, २०८१ आइतबार
विभिन्न स्थानबाट २०८ किलो गाँजासहित पाँच जना पक्राउ
असार १६, २०८१ आइतबार
सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
असार १४, २०८१ शुक्रबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
असार १७, २०८१ सोमबार