प्रेस युनियनले ताला लगाएपछि कार्यालय छोडेर भाग्यो पत्रकार महासंघको निर्वाचन समिति
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार १३:२२:५६
१५ असार, काठमाडौं । नेपाल पत्रकार महासंघले सदस्यता विवाद नसुल्झाई निर्वाचन प्रक्रिया अगाडि बढाएपछि नेपाल प्रेस युनियन आन्दोलनमा उत्रिएको छ । शनिवार बिहानैदेखि प्रेस युनियनले पत्रकार महासंघमा धर्ना दिएको छ । कार्यतालिका अनुसार आज शनिवार उम्मेदवारहरूको मनोनयन दर्ताको समय थियो । तर, गए रातीदेखि नै निर्वाचन समिति महासंघमा रहेको कार्यालय छोडेर भागेको छ ।
विधान विपरीत जारी विधि र प्रक्रिया मिच्दै क्रियाशील पत्रकार हटाएको र गैर पत्रकारलाई मतदाता नामावलीमा समावेश गरेको भन्दै नेपाल प्रेस युनियनले महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । महासंघको सदस्यता विवाद वैधानिक ढंगले टुंगो नलगाई जबर्जस्ती ढंगबाट निर्वाचन प्रक्रिया अघि बढाएको प्रेस युनियनको दावी छ ।
महासंघमा युनियनले ताला लगाएपछि शनिवार बिहान महासंघका तर्फबाट अनलाइनबाटै उम्मेदवारी दर्ता हुने विज्ञप्ति आएको थियो । तर, निर्वाचन समितिले भने यो निर्णय आफूहरूको नभएको र अब के गर्ने भन्ने छलफल भइरहेको जानकारी दिएको छ । अहिले महासंघका केही पदाधिकारी विभिन्न होटलमा लुकेर बसेको बताइएको छ ।
नेपाल पत्रकार महासंघले जिल्ला शाखा, प्रदेश शाखा र प्रतिष्ठान शाखाले पठाएको सिफारिसलाई हटाएर कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारहरूलाई महासंघको निर्वाचन प्रक्रियाको मतदाता नामावलीमा समावेश गरिएको हुनाले तालाबन्दी गर्नु परेको प्रेस युनियनको भनाई छ । युनियनले यस घटनाप्रति आपत्ति जनाउँदै महासंघको केन्द्रीय नेतृत्वको जवरजस्ती कब्जाको नीति कायम राखेसम्म देशभर तालाबन्दी र आन्दोलन कायमै रहने बताएको छ ।
महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह गर्दै सदस्यता विवाद नटुंगिएसम्म महासंघको निर्वाचनमा भाग नलिई देशभर आन्दोलन गर्ने समेत युनियनका महासचिव पौडेलले चेतावनी दिए । ‘पत्रकार महासंघलाई फेरि पनि महासंघका जिल्ला, प्रदेश र प्रतिष्ठानले पठाएका सिफारिसलाई कायम गर्न आग्रह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँचौँ ल एसिया अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन नेपालमा हुने
माघ ८, २०८१ मंगलबार
महान्यायाविक्ता कार्यालयः गत आवमा ६८ दशमलव २७ प्रतिशत मुद्दामा सफलता
पुष २८, २०८१ आइतबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार