गर्मीमा ज्येष्ठ नागरिकलाई छाता उपहार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार १५:२७:१०
![](https://nepalbahas.prixacdn.net/media/albums/umbrella1651827113_BFNEWVxv6z_HcvtP2a6gZ.jpg)
१५ असार, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ का एक सय आठ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई आज छाता उपलब्ध गराइएको छ । वडा कार्यालयको चालु आवको स्वीकृत रू एक लाख बजेटबाट छाता खरिद गरी ज्येष्ठ नागरिकसँगै २५ जना पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई छाता प्रदान गरिएको हो ।
“घाम पानीका बेला छाता ओडेर गन्तव्यमा जानका लागि र वर्षातका बेला नागरिक सुरक्षा भत्ता बुझन जाँदा सहजता होस् भनेर ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरूलाई यस वर्षको बजेटबाट छाता खरिद गरेर दिएका छौँ”, वडाध्यक्ष अर्जुन साउदले भने, “अर्को वर्ष छडी, रेडियो टर्चलाइट दिने योजना छ, गएका वर्षहरूमा न्यानो कपडा, कम्बललगायत ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराएका थियौं ।”
ज्येष्ठ नागरिक समाजका गहना भएकाले राष्ट्र निर्माणमा अहंम भूमिका रहेको चर्चा गर्दै उनले ज्येष्ठ नागरिकलाई पारिवारिक वातावरणमा रमाउने कार्यसँगै माया र हौसला दिनुपर्ने बताए ।
“पूर्ण शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई यसअघि ह्विल चेयर घरमै पुगेर प्रदान गरिएका छौँ”, उनले भने, “ह्विल चेयरको आवश्यकता भएका अरूलाई आउँदो बजेटमा व्यवस्था गरी दिन्छौँ ।”
वडाका सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिहरूले पहिले भत्ता बुझ्नकै लागि वडा कार्यालय र नगरपालिका कार्यालय धाउनुपर्ने अवस्था थियो । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले निकै सास्ती खेप्नु पर्दथ्यो ।
त्यही असुविधालाई ध्यान राखेर टोल टोलमै भत्ता उपलव्ध गराउने, सोही ठाउमा परिचय पत्र नविकरण गर्ने कार्य संगै स्वास्थ्य विमा निःशुल्क रूपमा गर्ने व्यवस्था मिलाईएको वडा अध्यक्ष साउदले बताए ।
यो कार्यसँगै भत्ता बुझन आएका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य जाँच गरी चिकित्सकीय परामर्श र निःशुल्क रूपमा औषधि उपलब्ध गराउने कार्य गरिँदै आएको वडाध्यक्ष साउदको भनाइ छ । दृष्टीविहीन करनसिंह साउदले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि निःशुल्क रूपमा प्रदान गर्दै आएको सेवाबाट निकै खुसी रहेको बताए ।
“स्थानीय तहमा जनप्रतिनिधि चुनिएर आएपछि घरदैलोमै सेवा पाएका छौँ”, उनले भने, आत्मनिर्भर बनाउनका लागि आयमूलक तालिम पाइएको छ, न्यानो लुगा, कम्बल, छाता लगायतका सामान प्रत्येक वर्ष पाएका छौँ, स्थानीय जनप्रतिनिधि प्रति आफनत्व बढेको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार
असार १६, २०८१ आइतबार
कामपाले भन्यो, वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा समस्या हुँदैन
असार १४, २०८१ शुक्रबार
विवादले काठमाडौं महानगरको नगरसभा रोकियो, उपमेयर डंगोलको पोर्चुगल भ्रमण पनि स्थगित
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
ओलीको सचिवालयले भन्यो- मन्त्रीहरुलाई बालकोट बोलाएको खबर सत्य होइन
असार १७, २०८१ सोमबार
‘तपस्वी’ बम्जनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति सजाय आदेश
असार १७, २०८१ सोमबार
जोशीलाई ‘कौसी क्वीन’ उपाधि
असार १७, २०८१ सोमबार
इजरायलले रिहा गर्यो गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी
असार १७, २०८१ सोमबार
भारतले ‘ग्लोबल इन्डिया एआई’ शिखर सम्मेलन २०२४ को आयोजना गर्दै
असार १७, २०८१ सोमबार