उच्च शिक्षाका लागि वीरगञ्ज हिँडेकी नेहाको बस दुर्घटनामा मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुब्यो
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार २०:१:७
१५ असार, रौतहट । उच्च शिक्षा अध्ययनका लागि हिँडेकी एकजना छात्राको रौतहटस्थित गौर चन्दरनिगाहपुर सडकखण्डमा बस दुर्घटनामा परेर मृत्यु भएको छ । गौरबाट भैरहवा तर्फ गइरहेका ना.७ खं ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे आफै अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका ३ भेल्हीका शैलेन्द्र कुमार गिरीको १८ वर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताएका छन ।
माधव नारायण नगरपालिका ३ सखुअवा स्थित श्री देवी माध्यमिक विधालयबाट एसईई २०८० मा ३.२३ जिपिए ल्याएर उत्तीर्ण भएकी नेहा कुमारी गिरी उच्च शिक्षा अध्ययनको लागि घरबाट वीरगञ्ज जानेक्रममा आज बिहानै बस दुर्घटना हुँदा मृत्यु भएको थियो ।
उनको मृत्युको खबरले सिंगो गाउँनै शोकमग्न बनेको छ । दुई दिन अघि छोरी एसईई पास भएपछि उच्च शिक्षाका लागि वीरगञ्ज पठाएकोमा उनको मृत्युको खबरले सिंगो परिवार दुखिद भएको नेहाका बाबु शैलेन्द्र कुमार गिरीले दुखेसो पोखेका छन् ।
दुर्घटनामा गिरीको मृत्युसंगै अन्य १३ जना यात्रु घाइते भएका छन् । प्रत्यक्षदर्शी कटहरिया ३ का अमरलाल साहका अनुसार तीव्र गतिमा रहेको बसले अर्को गाडीलाई ओभरटेक गर्दा अगाडिको दाहिने चक्का खाडलमा परेर बस पल्टिएको बताएका छन्।
दुर्घटना लगत्तै फरार भएका बस चालक चन्द्रपुर नगरपालिका ८ मोतिपुर बस्ने बर्ष ३९ को सहदेव चौधरीलाई प्रहरीले उसको घरैबाट पक्राउ गरेको छ । बस चालक चौधरी ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरको दुर्गा मन्दिर परिसरमा वृद्धको हत्या
पुष ५, २०८१ शुक्रबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
स्वास्थ्य बीमाको कभरेज बढाउन मुख्यमन्त्री सिंहको निर्देशन
पुष २, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार