पशुपति क्षेत्रमा त्रिशूल जात्रा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १५, २०८१ शनिबार २१:४०:५३
![](https://nepalbahas.prixacdn.net/media/albums/pashupatinathpng_Kb0I7gcV1J_0bN6ukHUQB.png)
१५ असार, काठमाडौं । पशुपति क्षेत्रका बालबालिकालाई राक्षसबाट बचाउने उद्देश्यले मनाउन थालिएको विश्वास गरिने त्रिशूल जात्रा पशुपति क्षेत्रमा सम्पन्न गरिएको छ । प्रत्येक वर्ष आषाढकृष्ण अष्टमीका दिन मनाइने त्रिशूल जात्रा राजा नरेन्द्रदेवको पालामा सुरु भएको भनाइ छ । स्वयम्भू एवं नागार्जुन जङ्गल क्षेत्रमा बस्ने एक राक्षसले प्रत्येक वर्ष पशुपति क्षेत्रबाट बालबालिका लगेर खान थालेपछि स्थानीयवासी आतङ्कित बनेका थिए ।
राक्षसले पशुपतिबाट बालक लैजाने नियमित नै भएपछि भुवनेश्वरीका पुजारी भूमि आचार्जुका छोरा नै लगेको थियो । आचार्जुले छोरा राक्षसले लगेको थाहा पाएपछि पाटन शङ्खमूल क्षेत्रमा गई तान्त्रिक साधना गरेर अमृत लिएर नयाँबानेश्वरमा आउँदा छोरालाई मारेको केही महिलाले सुनाए ।
नयाँबानेश्वरको हाल छक्कुबक्कु मन्दिर रहेको क्षेत्रमा अमृत बिसाएर महिलालाई गाली गरेकाले त्रिशूल जात्राका क्रममा अश्लील शब्दले गाली समेत गर्ने गरेको मान्यता रहिआएको छ । आचार्जुले ल्याएको अमृतले बालकलाई बचाएर त्यसै वर्षदेखि पशुपति क्षेत्रमा त्रिशूल जात्रा गरी राक्षस बालबालिका लिन आएमा त्रिशूलले खोपेर आन्द्राभुँडी निकाल्ने सन्देश दिएको भनाइ पशुपति क्षेत्रका संस्कृतिविद् मुकुन्दराज वैद्य बताउँछन् ।
सिफलचौरबाट राक्षसलाई बालबालिकामाथि आक्रमण नगर्न खबरदारी गर्न यो जात्रा सुरु गरिएको किंवदन्ती यस क्षेत्रमा चलेको छ । कसैले भने यो जात्रा मल्लकालदेखि चलेको बताउने गरेका छन् । यो जात्रा गरेपछि वर्षभर पशुपति क्षेत्रका बालबालिका राक्षसबाट सुृरक्षित हुने विश्वास गरिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्ड अध्यक्ष छान्न पुरानै सदस्य रहेको नयाँ समिति गठन
असार १७, २०८१ सोमबार
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी
असार १७, २०८१ सोमबार
अनलाइन माध्यमबाट बालबालिकामाथि हुने हिंसा रोक्न सरोकारवाला प्रतिबद्ध
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
बालकोटमा एमालेका मन्त्रीहरुसँग ओलीले राखे छलफल
असार १७, २०८१ सोमबार
रोल्पामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ७ घाइते
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको महाधिवेशनमा अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु
असार १७, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्ष छान्न पुरानै सदस्य रहेको नयाँ समिति गठन
असार १७, २०८१ सोमबार
मौसम खराब भएपछि बारबाडोसमै फस्यो भारतीय क्रिकेट टिम
असार १७, २०८१ सोमबार
पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा जोशी
असार १७, २०८१ सोमबार
लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित
असार १७, २०८१ सोमबार