एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन आजदेखि, १ हजार ८४९ प्रतिनिधिले भाग लिँदै
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ७:१५:१५
१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै छ । आजदेखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।
महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको अध्यक्ष माधवकुमार नेपालले जानकारी दिएका छन् । ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ ।
पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।
महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिँगारिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।
एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ । एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबि गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
कांग्रेसको विभागमा १० सदस्य मनोनयन
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा कसलाई के तिर्न भनिएको छ ?
कात्तिक २९, २०८१ बिहिबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
३७ हिमाल आरोहण गर्न ७० देशबाट ८ सय ७० आरोही
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
कात्तिक २९, २०८१ बिहिबार