पोखरा विमानस्थल बनाउँदा चीनसँग लिएको बीआरआई ऋणलाई अनुदानमा परिणत गर्न माग
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ९:८:१४
असार १६, काठमाडौं । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषयमा काठमाडौँमा सार्वजनिक बहसको आयोजना गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरूपमा सञ्चालनमा ल्याउनुपर्ने, विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानबिन गरिनुपर्ने र बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) ऋणलाई अनुदानमा परिणत गर्नुपर्नेमा वक्तहरुले जोड दिएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता योगेश भट्टराईले बीआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने आवश्यकता औंल्याए। सो अवसरमा पूर्व मन्त्री ओमप्रकाश यादव गुलाजारी, संविधान सभा सदस्य एवं अभियानका वरिष्ठ नेता वीपी यादव, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रम पश्चात् सहभागीहरूले ऋण जाल चाहिँदैन, देश बेच्न पाइँदैन जस्ता नाराहरु लगाउँदै चिनियाँ राष्ट्रपति सि जिनपिंगको पुतला दहन गरेका थिए। यो बहसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य र नेपालको कूटनीतिक र आर्थिक नीतिहरूमा गम्भीर बहस सुरु गराएको छ।
अभियानका नेताहरूले सरकारले यथाशीघ्र यी निष्कर्षहरूलाई कार्यान्वयनमा ल्याउनु पर्नेमा जोड दिएका छन्। यस बहस कार्यक्रमको अध्यक्षता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतम अडानी र उनका भतिजासहित सात जनाविरुद्ध अमेरिकाको न्यूयोर्कस्थित अदालतमा सुनुवाइ सुरु
मंसिर १०, २०८१ सोमबार
महानिर्देशक अधिकारीलाई भ्रष्टाचारी भन्दै विरोध प्रदर्शन ( फोटो फिचर )
मंसिर ९, २०८१ आइतबार
विशेष अदालतबाट न्यायीक फैसला नभएको भन्दै विभिन्न मुद्दा लिएर सर्वोच्च गयो अख्तियार
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार