भारतको सहयोगमा मुस्ताङको लोमान्थाङमा छात्रावास भवन शिलान्यास
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ९:३४:५१
१६ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र मुस्ताङको लोमानथाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।
नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको ४ करोड १४ लाख आर्थिक सहयोगमा बन्न लागेको छात्रावास भवनको राजदूत श्रीवास्तव र गाउँपालिकाका अध्यक्ष गुरुङले शुक्रबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवन निर्माण गरिने भारतीय दूतावासले जनाएको छ ।
नेपाल र भारत सरकार बीचको सम्झौता अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । भारतीय दूतावासका अनुसार यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिका, मुस्ताङमार्फत गरिनेछ । कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, गुम्बा विद्यालयका अध्यक्ष र राजनीतिक दलका प्रतिनिधिहरूले नेपाली जनताको उत्थानमा भारत सरकारले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेका थिए ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा र आवासका लागि नयाँ भवन उपयोगी बन्ने दूतावासको विश्वास छ । सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । जसमा ४९० वटा परियोजना सम्पन्न भइसकेका छन् ।
यी मध्ये मुस्ताङका १७ वटा परियोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ वटा परियोजना रहेका दूतावासले जनाएको छ । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कूल बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
यज्ञप्रसाद भट्टराई
मंसिर ३०, २०८१ आइतबार
गाजाको विषयलाई लिएर इजरायल र आयरल्यान्डबीच तनाव, इजरायलले दूतावास बन्द गर्ने
मंसिर ३०, २०८१ आइतबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
सवारीसाधन व्यवस्थापनका लागि ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा
पुष १, २०८१ सोमबार
ईसीबीले ब्याजदर घटाउने क्रमलाई निरन्तरता दिने लेगार्डको भनाइ
पुष १, २०८१ सोमबार
सोमबार ५१ अंकले घटेर २६३० मा बन्द भयो नेप्से, २१ करोडले घट्यो कारोबार रकम
पुष १, २०८१ सोमबार