युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ९:५८:२५
१६ असार, काठमाडौं । जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुँदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजेदेखि शुरु हुँदै छ । इङल्याण्ड समूह सी मा शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको हो । इङल्याण्डले एक खेल जितेको थियो भने २ खेलमा बराबरी खेलेको थियो ।
इङल्याण्डले पहिलो खेलमा सर्बियालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १-१ गोलको र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको थियो । त्यस्तै स्लोभाकिया समूह 'इ' मा तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको हो ।
स्लोभाकियाले समूह चरणका ३ खेल मध्ये एक खेलमा जित, एक बराबरी र एक हर बेहोरेको थियो । स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा युक्रेनसँग २-१ गोलले पराजित भएको थियो भने तेस्रो खेलमा रोमानियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
इङल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म ६ खेल भएको छ । जसमा इङल्याण्डले ५ खेल जितेको छ भने एक खेल बराबरी भएको थियो । इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो युरोकपको उपविजेता बनेको थियो । त्यस्तै स्लोभाकिया यस अघि २०१६ को युरोकपमा नक आउटमा पुगेको थियो भने यो सहित दोस्रो पटक नक आउटमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै कर्णाली
पुष १, २०८१ सोमबार
एनपिएल: सुदूरपश्चिम र कर्णाली भिड्दै
पुष १, २०८१ सोमबार
रविसहित ५१ जना प्रतिवादी, फरारको सूचीमा ३७ जना
पुष १, २०८१ सोमबार
मदन भण्डारीको हत्या सम्बधमा वामदेव र ओलीबीच किन चल्दैछ दोहोरी ?
पुष १, २०८१ सोमबार
गौतमबुद्ध क्रिकेट रङ्गशालामा प्याराफिट निर्माण सुरु
पुष १, २०८१ सोमबार
झापा कपः आर्मीलाई हराउँदै सहलेश युवा क्लब सेमिफाइनलमा
पुष १, २०८१ सोमबार
राजविराजमा रात्रिकालीन उडान सुरु
पुष १, २०८१ सोमबार
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन: अध्ययन
पुष १, २०८१ सोमबार