काभ्रेको खानीखोला पालिकाका ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १०:१६:३५
१६ असार, काभ्रे । जिल्लाको विकट खानीखोला गाउँपालिका–५ वडा कार्यालय का शनिवार पुगेका ७८ वर्षीय बलबहादुर श्रेष्ठ साथमा छाता र लौरो लिएर घर फर्किए । पालिकाको समन्वयमा तालढुङ्गामा आयोजना गरेको असक्त ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले छाता र लौरो उपहार पाएका हुन् ।
सोही वडाका अर्का स्थानीय ज्येष्ठ नागरिक खडानन्द आचार्यले पहिलोपटक वडा कार्यालयले बोलाएर सम्मानसहित लौरो र छाता उपहार दिएपछि गाउँमै सरकार आएको अनुभूति भएको बताए । गाउँपालिकाले आफ्ना समस्याका बारेमा बुझ्ने, भत्ता, छाता र लौरो आफ्नो वडाबाटै लिन पाउँदा निकै खुसी लागेको उनले सुनाए ।
खानीखोला गाउँपालिका–५ तालढुङ्गा वडा कार्यालयबाट जनप्रतिनिधिले लौरो र छाता बोकेर जनताको घरैमा पुगेका छन् । सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहयोग होस् भन्ने उद्देश्यले छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।
वडा नं ५ बाट एक सय नौजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका ज्येष्ठ नागरिकलाई सो उपहार प्रदान गरेकोे वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले बताए। सो वडाबाट हरेक महिनाको एकपटक ६० वर्ष माथिका ज्येष्ठ नागरिकको घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रममार्फत नियमित स्वास्थ्य परीक्षण गर्दै आएको उनले बताए ।
‘सामाजिक सुरक्षा भत्ताकार्ड’ हरेक आर्थिक वर्षमा नवीकरण गर्न वडामै पुगेर गर्नुपर्ने व्यवस्था भए पनि सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै वडा नं ५ ले घरघरमै गएर सामाजिक सुरक्षा भत्त कार्ड नवीकरण गर्दै आएको वडासचिव चण्डिका थापाले बताए । गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले आफ्ना नागरिकले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणको माग गरेपछि भत्तासँगै लौरो र छाता लिएर पुग्ने गरेको बताए ।
गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले विकट भूगोल भएकाले वडामै पुगेर सेवा दिने व्यवस्था गरेको बताए । वडा नं ५ पालिकाकाकै केन्द्र भएकाले भत्ता लिन आउन गाउँपालिकाको केन्द्रमा बैंक रहेकाले त्यहाँसम्म पुग्न अरु वडाको तुलनामा अलि सहज भएकाले कतिपयको भने सुरक्षा भत्ता बैंकबाटै वितरण थालिएको उनले बताए । गाउँपालिकाले वडा नं ४ बाट सुरु गरेको लौरो र छाता उपहार कार्यक्रमलाई सबै वडामा वितरण गरिसकेको पालिकाले जनाएको छ । गाउँपालिकामा एक हजार एक सय सातजनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
शिवसताक्षीका चार वडालाई नुनिया धानको पकेट क्षेत्र घोषणा
पुष २, २०८१ मंगलबार
स्थानीय उत्पादन बजारीकरण गर्न कोसेली घर कार्यक्रम
मंसिर २५, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार
अन्तुबाट देखिएको कन्चनजङ्घा
पुष ३, २०८१ बुधबार