लोकतन्त्रको आधारशीला मान्नुपर्ने संसदको आधारभूत चरित्र नै पारदर्शी भएन
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ११:२:१६
१६ असार, काठमाडौं । नेपालमा संसदीय इतिहासले ६६ वर्ष बिताएको छ । असार १६ गते नेपालमा संसद दिवस मनाइँदै आएको छ । हरेक वर्ष संसदको पहिलो बैठक बसेको दिनको सम्झनामा संसद दिवस मनाउने गरिन्छ । तर, यो दिवस औपचारिकतामा मात्रै सीमित छ ।
संसद सचिवालयले आज खासै कार्यक्रम राखेको छैन । संसदसँग सम्बन्ध राख्ने केही संघसंस्थाले भने औपचारिक कार्यक्रम राखेर संसद् दिवस मनाउँदै छन् । नेपालले २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको सम्झनामा यो दिवस मनाउँदै आएको छ । संसद् स्थापनाको स्मरण गर्दै आज संघीय संसद् र परामर्शदाता संस्था पूर्वसांसद मञ्चले विविध कार्यक्रम आयोजना भएका छन् ।
लोकतन्त्रमा जन बोली र जनताका समस्या बोल्नुपर्ने ठाउँ हो संसद । कम्तीमा वर्षको एक दिन भएपनि संसदका कमीकमजोरीमा बहस हुनुपर्ने, पुराना नीतिको समीक्षा भएर नयाँ नीति बन्नुपर्ने, संसद र सरकार बीचका अमिल्दा विषयहरूमा सुधारका लागि विवेचना हुनुपर्ने हो । कम्तीमा सांसदको भूमिकामै बहस भएपनि चरित्र सुधारका लागि सहयोग बन्न सक्थ्यो । तर, शुभकामना भन्दा माथि उठेर संसद दिवसलाई सान्दर्भिक बनाउने काम विगतदेखि नै भएका छैनन् ।
यस दिवसको अवसरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले शुभकामना दिँदै संसदलाई जनमुखी बनाउन आजको दिनले प्रेरणा दिने बताएका छन् । लोकतन्त्रको मन्दिरका रुपमा परिचित संसदको आधारभूत चरित्रप्रति सबै सजग र सचेत रहनु पर्ने उनीहरुले बताएका छन् ।
पहिलो संसदले २०१६ असार १९ गते नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई सभामुखमा निर्वाचित गरेको थियो । उनी २०१७ साल पुस १ गतेसम्म सभामुखको भूमिकामा क्रियाशील थिए । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले दलविहीन पञ्चायती व्यवस्था घोषणा गरेपछि जननिर्वाचित संसद भंग भएको थियो ।
देशको संसदीय इतिहास अन्य मुलुकको तुलनामा नयाँ होइन । पहिलो संसदको निर्वाचन भएको छ दशकभन्दा बढी भएको छ । बलियो संसद् लोकतन्त्रको आधारशिला भएको बताउँदै राजनीतिक विश्लेषकहरूले संसदलाई लोकतन्त्रको मन्दिरका रूपमा लिनुपर्ने बताएका छन् । उनीहरूका अनुसार लोकतान्त्रिक संसदको आधारभूत चरित्र भनेको पारदर्शी, जन उत्तरदायी र समावेशी आवाजलाई प्रतिनिधित्व गर्ने हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ मा सहभागी भएर फर्किएका राष्ट्रपति पौडेल दोहामा
कात्तिक २९, २०८१ बिहिबार
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकको मस्यौदा पुनर्लेखन गर्नुपर्छ: नेता कोइराला
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
मिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
नेपालले आज ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्दै
कात्तिक ३०, २०८१ शुक्रबार
मिर्गौलापीडित वडाध्यक्ष साहको निधन
कात्तिक ३०, २०८१ शुक्रबार
दार्चुला दुर्घटनामा मृतकको संख्या ७ पुग्यो, ६ जनाको अवस्था गम्भीर
कात्तिक ३०, २०८१ शुक्रबार
छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने
कात्तिक ३०, २०८१ शुक्रबार