विश्वकप जितेपछि द्रविडले भने: खेलाडीको रुपमा जित्न सकिन, प्रशिक्षक बनेर जिते
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ११:६:१८
१६ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीको कोचिङ छोडेपछि राहुल द्रविडले टी–२० विश्वकपमा टिमले उत्कृष्ट प्रदर्शन गरेको बताएका छन् । उनले यो जित सम्भव बनाउन कप्तान रोहित शर्मा, टोली र सपोर्ट स्टाफलाई धन्यवाद दिएका छन् ।
विश्वकप जितेपछि राहुल द्रविडले भने, ‘खेलाडीको हैसियतले मैले ट्रफी (विश्वकप) जित्न सकिन । म त्यति भाग्यमानी थिइँन तर जहिले पनि खेलेँ मैले आफ्नो उत्कृष्ट दिएँ । विश्वकप जित्न नसकेका धेरै खेलाडी छन् । तर म भाग्यमानी थिएँ कि मैले भारतीय टोलीको प्रशिक्षक बन्ने मौका पाए ।'
उनले भने, ‘म भाग्यमानी थिए कि हाम्रा खेलाडीहरूको यो समूहले जित सम्भव बनायो । रोहित र यो टोलीसँग काम गर्दा मलाई रमाइलो लाग्यो । म खुसी छु कि हामीले सक्दो गर्यौं ।' उनले अगाडि भने- 'म भाग्यशाली थिए कि प्रशिक्षक र सहयोगी स्टाफको समूह छ जसले हामीलाई यो विश्वकप जिताउन मद्दत गर्यो ।'
विश्वकप जितेसँगै द्रविडले भारतीय क्रिकेट टिमको प्रशिक्षकको कार्यकाल सकिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नयाँ प्रशिक्षकको चयनका लागि आवेदन मागेर अन्तर्वार्ता समेत लिइसकेको छ । मिडिया रिपोर्टका अनुसार भारतले पूर्व खेलाडी गौतम गम्भीरलाई राष्ट्रिय टिमको कप्तान बनाउने सम्भावना रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेगा लिलामीको पहिलो दिन ७२ खेलाडी बिके, ऋषभ पन्त बने इतिहासकै महँगो खेलाडी
मंसिर १०, २०८१ सोमबार
एसिया कप क्रिकेट खेल्न १५ सदस्यीय टोली घोषणा
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषद्मा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार