के देउवाले ओलीलाई सत्ताको साँचो सम्हाल्न आग्रह गरेका हुन ?
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ११:५९:४२
१६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले दिएको सार्वजनिक अभिव्यक्तिलाई लिएर आएको आँधीले सत्ता समीकरणमै फेरबदल ल्याउने संकेत देखिएको छ । डा. ढकाललाई पार्टीले स्पष्टीकरण सोधेको अवस्थामा सत्तामा रहेका र प्रतिपक्षीमा रहेका दलका प्रमुख नेताहरु एकापसमा भेटघाट गर्नुले यसको संकेत गरेको हो कि भन्ने आशंका उत्पन्न भएको छ ।
बिहिबार मध्यराति पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका थिए । मध्यराती प्रचण्डले बूढानीलकण्ठ आउने भनेपछि देउवा भेट्न राजी भएका थिए । भेटघाट निकै सौहार्दपूर्ण वातावरणमा चलिरहेको थियो । त्यतिबेला प्रचण्डले सत्ता परिवर्तन गर्नुपरेको बारे गुनासो गर्दै पश्चताप गरेका थिए । रास्वपामा समस्या आएपछि सत्तामा कुनै हलचल आएमा एमालेको साथले मात्रै प्रचण्डको सत्ता टिक्ने अवस्था थिएन । त्यहीकारण उनी देउवासँग नजिक हुन खोजिरहेका थिए ।
दुई घण्टाको बसाईपछि देउवा निवासबाट फर्केका प्रचण्डले भोलिपल्ट शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटघाटका लागि बोलाएका थिए । तर ओलीले अघिल्लो राती देउवालाई भेट्न प्रचण्ड गएको विषय जानकारीमा राखेका थिए । ओलीले देउवा र आफ्नो भेट भएको थाहा पाए भनेपछि बालुवाटारको बैठकमा टीआरसी विधेयकको बारेमा छलफल गर्ने भन्दै देउवालाई पनि बोलाइएको थियो । देउवा पुग्नुअघि बालुवाटार पुगेका ओलीले देउवा र तपाईँबीच के के कुराकानी भो भनेर सोधेका थिए । त्यसको जवाफमा प्रचण्डले टीआरसी विधेयक बारे देउवालाई मनाउन गएको जवाफ दिएका थिए ।
शुक्रबार बालुवाटारमा टीआरसी विधेयकबारे सामान्य छलफल भएको थियो । निर्क्यौलमा पुग्ने कुरै थिएन । ओलीले आफूलाई अलि सन्चो नभएको बताउँदै चाँडै निस्केका थिए । ओली निस्केपछि देउवा पनि निस्केर हिँडेका थिए । तर साँझ देउवा र ओलीबीच फोनमा संवाद भएको थियो ।
प्रचण्डले माओवादीसँग जादुमयी संख्या रहेको बताइरहेका बेला देउवा र ओलीबीच कुराकानी भएको थियो । त्यसपछि शनिवार उनीहरूबीच बालकोटमै भेटघाट भयो । बालकोटको भेटघाटमा भने लामै कुराकानी भएको थियो । खासगरी रास्वपाका महामन्त्रीलाई पार्टीले स्पष्टीकरण सोधेपछि तीन दलका नेताहरु तीनतिर दौडिरहेका छन् ।
ढकाललाई पार्टीको अनुशासन आयोगले शुक्रबार पत्र पठाएर स्पष्टीकरण सोधेको थियो । महामन्त्री ढकालले ३८ जिल्ला घुमेर तयार पारेको ३२ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेका कारण रास्वपा भित्र खैलाबैला मच्चिएको थियो । सो प्रतिवेदनमा भएका महत्वपूर्ण बुँदासमेत महामन्त्री ढकालले सार्वजनिक गरेको भन्दै अनुशासन आयोगले ढकाललाई स्पष्टीकरण सोधेको थियो । ढकालले भने आफूलाई सभापति रवि लामिछाने बाहेकले स्पष्टीकरण सोध्न नमिल्ने दाबी गरेपनि स्पष्टीकरण सोधेपछि पार्टीभित्र संकट उत्पन्न भएको छ । महामन्त्री ढकालले आफ्नो प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए । तर अहिलेसम्म सो प्रतिवेदन सार्वजनिक भएको छैन ।
प्रतिवेदनमा समावेश विषयवस्तुबारे महामन्त्री ढकालले सार्वजनिक गरेको आरोप लागेको छ । सो प्रतिवेदनमा महामन्त्री ढकालले किन्तु र परन्तु नलगाई प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्ने उल्लेख गरेको बताएका थिए । ‘किन्तु-परन्तु नलगाई पार्टी प्रदेश संरचना खारेजीको पक्षमा उभिनुपर्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी चाहिन्छ भन्ने लेखेका थियौं तर त्यसमा हाम्रा नेताहरूले मुखरित रूपमा गर्न सकेनन्, जोडतोडले पार्टीका नेताहरूले त्यसलाई उठाउनुपर्छ,’।
प्रतिवेदनमा रहेका विषयबारे ढकालले प्रतिवेदनमा भनेका थिए ‘अहिलेको अवस्थामा ओली र प्रचण्डको साटो बालेन र गोपी हमाललगायत स्वतन्त्र पक्षधर व्यक्तिहरूसँग मिल्नु सबैभन्दा उपयुक्त हुन्छ ।’ यो विषयले सत्तामा रहेको माओवादीलाई निकै पेचिलो बनाएको छ । जसका कारण प्रचण्डले देउवा भेट्नु परेको थियो । प्रचण्ड र देउवाको भेट फलदायी नभएको अवस्थामा देउवाले ओलीलाई बालकोटमा पुगेर सत्ताको साँचो सम्हाल्न आग्रह गरेको बुझिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बीपीको राष्ट्रिय एकता तथा मेलमिलाप नीतिः फरक गुट र फरक मञ्चमै देखिए कांग्रेसका नेता
पुष १६, २०८१ मंगलबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार