रास्वपा महामन्त्री ढकालको माग, आफूमाथि कारवाही गर्न डाकिएको केन्द्रीय समिति बैठक लाइभ हुनुपर्छ
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ११:५६:२
१६ असार, काठमाडौं । जिल्ला घुमेर पार्टीको वास्तविक अवस्था चित्रण गरेर प्रतिवेदन बनाएपछि पार्टीभित्र तारो बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महामन्त्री डा. मुकुल ढकालले अब बस्ने केन्द्रीय समितिको बैठक लाइभ हुनुपर्ने माग राखेका छन् । उनले सभापति रवि लामिछानेसँग बैठक लाइभ हुनुपर्ने माग राखेका हुन् ।
आउँदो बुधबार रास्वपाको केन्द्रीय कमिटी बैठक बोलाइएको छ । यो बैठकमा महामन्त्री ढकालमाथि कस्तो कारवाही हुने भन्ने विषयमा छलफल हुने भएकाले उनले प्रत्यक्ष प्रसारण गर्न माग गरेका हुन् । उनले पार्टीको अवस्था राम्रो नभएको र यही अनुसार अगाडि गएमा विवेकशील साझा पार्टीको भन्दा पनि नाजुक अवस्थामा पुगिने प्रतिवेदन बनाएर बुझाएका थिए ।
त्यसयता रास्वपाले उनीमाथि कारवाहीको तयारी गरेको छ । अनुशासन समितिले उनीसँग स्पष्टीकरण समेत सोधेको छ । महामन्त्री ढकालले गत बुधबार पार्टी सभापति रवि लामिछानेलाई समीक्षा प्रतिवेदन बुझाएका थिए । त्यो प्रतिवेदन पार्टीले बुझेपछि एकथरी नेता उनलाई तत्काल कारवाही गर्नुपर्ने पक्षमा देखिएका छन् । इलाम–२ को उपचुनावमा हार व्यहोरेपछि महामन्त्री ढकालले समीक्षा यात्रामा निस्किएका थिए । सोही अनुसार उनले प्रतिवेदन बनाएका थिए ।
उनले ३९ जिल्ला घुमेर बनाएको प्रतिवेदनमा पार्टी संकट अवस्थामा पुगेको र यस्तै रहे राष्ट्रिय पार्टी बन्न नसक्ने निष्कर्ष निकालेका छन् । यसपछि महामन्त्री ढकाललाई रास्वपा अनुशासन समितिले गत शुक्रबार स्पष्टीकरण सोधेको थियो । महामन्त्री ढकालले पार्टीको अनुशासनविपरीत समीक्षा यात्राको प्रतिवेदनका विषय सार्वजनिक गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार