पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार ११:५७:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/egg_SbNcXeOdbN_krs4KPv2Xu.jpg)
१६ असार, चितवन । यहाँका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो ।
किसानको समस्या समाधानका लागि विज्ञ समूह बनाएर अण्डाको वास्तविक लागत मूल्य खोजी गरिएको थियो । उक्त समूहले अण्डाको लागत १६ रुपैयाँ ५६ पैसा लागत मूल्य निकालेको थियो । गत हप्तादेखि किसानले प्रतिक्रेट (३० वटाको) ठूलो रु चार सय ९५ र मध्यम रु चार सय ७० पाउन थालेका छन् ।
नेपाल लेयर्स कुखुरा पालक सङ्घका अध्यक्ष विनोद पोखरेलले किसानले पाँच वर्षपछि लागत मूल्य पाएको बताए । “विसं २०७६ मा किसानले लागत मूल्य हाराहारी पाएका थिए । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेको थियो ।” त्यसपछिका दिनमा कोरोना महामारी, बर्डफ्लूलगायतका कारण किसानले लागत मूल्य पाउन नसकेको उनको भनाइ छ ।
विसं २०७९ असोजमा देशभरका लेयर्स कुखुरा पालक किसान भेला भएर सङ्घ गठन गरी बजारीकरण अभियान सुरु गरिएको थियो । त्यतिबेला अण्डाको मूल्य प्रतिक्रेट रु दुई सय ३० थियो । उक्त मूल्यमा अण्डा बिक्री गर्दा धेरै किसानले घाटा बेहोरेका थिए ।
उनका अनुसार ७५ प्रतिशत लेयर्स कुखुरा पालक किसानले पेसानै छाडेको अवस्था थियो । उनले भने “हामी सङ्गठित रुपमा नलागेको भए अहिले दैनिक करोडौंको अण्डा बाहिरबाट ल्याउनुपर्ने बाध्यता हुन्थ्यो ।”
नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने लामो समयपछि किसानले लागत मूल्य पाएको बताउनुभयो । पछिल्लो समय किसानले व्यावसायिक रुपमा ठूलो सङ्ख्यामा कुखुरा पालन गरेकाले माग धानिरहेको उनको भनाइ छ ।
हाल अहिले ५० लाख लेयर्स कुखुरा रहेको र दैनिक २५ लाखभन्दा बढी अण्डा उत्पादन भइरहेको उनले जानकारी दिए । कुनै समय ६० लाख कुखुरा पुगेका थिए । किसान नै पेसाबाट बिमुख भएकाले कुखुराको सङ्ख्या घटेको उनले बताए ।
चितवन उद्योग सङ्घका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल किसान सङ्गठित भइ प्रधानमन्त्री, मन्त्री, सचिवलगायतका सरोकारवालाको ध्यानाकर्षण गराएका कारण अण्डाको अवैध आयात घटेको बताउँछन् । साथै पछिल्लो समय ऋणको ब्याजदर घट्दा पनि किसानलाई राहत पुगेको हो
उनले भने “हाम्रो दुई वर्षको अथक प्रयासपछि किसानमा आशा पलाएको छ । पेसा व्यवसाय छोड्छु भनेकाहरुले समेत ऋण गरेर पुनः व्यवसायमा फर्किने तयारीमा छन् ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजोशीलाई ‘कौसी क्वीन’ उपाधि
असार १७, २०८१ सोमबार
कफी उत्पादक कृषकलाई अनुदान
असार १७, २०८१ सोमबार
म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
मंगलबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?
असार १८, २०८१ मंगलबार
युरोकपमा आज रोमानिया र नेदरल्याण्डस भिड्दै
असार १८, २०८१ मंगलबार
फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति सर्यो
असार १८, २०८१ मंगलबार
युरोकपमा आज अष्ट्रिया र टर्की भिड्दै
असार १८, २०८१ मंगलबार
एमालेका मन्त्रीहरुले राजीनामा दिँदै
असार १८, २०८१ मंगलबार