'कलेजी कटाउन्या माया'को नयाँ भर्जनमा कविता, जोन र चक्र
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १२:११:१
१६ असार, काठमाडौं । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत 'कलेजी कटाउन्या माया' सार्वजनिक भएको छ। नेपमेलोको प्रस्तुतिमा तयार भएको गीत शनिबार नेपमेलोकै आधिकारिक युटउब च्यानल 'नेपमेलो' बाट सार्वजनिक गरिएको हो।
भिडियोमा कविता, जोन र चक्रको हृदयस्पर्सी प्रेम र बिछोडको कथा छ। लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल कविता न्यौपानेले म्युजिक भिडियोको दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन। उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसंग दर्जनौं म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन। 'कलेजी कटाउन्या माया' मा पनि कविताले साँच्चिकै लोभलाग्दो र प्रशंसायोग्य काम गरेकी छिन। त्यस्तै, जोन र चक्र बम पनि अहिलेका चर्चित मोडल हुन। चक्र भने मोडल संगसंगै गायनमा पनि सक्रिय छन्।
हामीले चलचित्र वा सिरिज आउनु अघि टिजर सार्वजनिक गरेको त देख्दै आएका छौ। म्युजिक भिडियोको हकमा भने यो चलन खासै देखिदैन। तर यो गीतको भने चार दिन अघि टिजर सार्वजनिक गरिएको थियो। ४० सेकेन्डको मर्मस्पर्शी टिजरले दर्शकमा कौतुहल जगाउन सफल भएको थियो।
गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियो साँच्चै नै कलेजी काट्ने खालको छ । भिडियोमा कलाकारहरूको काम तारिफ योग्य छ। यो गीत आजभन्दा करिब १० वर्ष अगाडि गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए। सार्वजनिक भएपछि गीतको खुबै चर्चा भयो। विशेषगरी, सुदुरपश्चिमका ९ जिल्लाहरुमा यो गीतले तहल्का मच्चायो । गीतले दर्शकको अपार सफलता र माया पाएपछि गायक महेश कुमार औजी र बादल थापाले सोही गीतलाई अहिले नयाँ भर्जनमा ल्याएका हुन। गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन्। यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन्।
कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहनत झल्किन्छ। निर्माण टिमका अनुसार भिडियो दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियोको कन्सेप्ट पनि शान कै हो। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन्।
त्यसै गरी, मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टौवा कृयसनको पोस्ट डिजाइन र बुद्ध थापाको सिनेमाटोग्राफी छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रितम श्रेष्ठको 'मायालु'मा दीपिका र मुकुन्दको रोमान्स
असार १६, २०८१ आइतबार
‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरूपमा
असार ९, २०८१ आइतबार
हर्कको 'जवानी लिलाम भो' मा अस्मिता जुरेली [ भिडियो ]
असार ९, २०८१ आइतबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
युरोकपमा आज अष्ट्रिया र टर्की भिड्दै
असार १८, २०८१ मंगलबार
एमालेका मन्त्रीहरुले राजीनामा दिँदै
असार १८, २०८१ मंगलबार
प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा
असार १८, २०८१ मंगलबार
कांग्रेस–एमाले गठबन्धनबारे बालेन शाहको टिप्पणी : यो समय गिरीबन्धु चियाको हो !
असार १८, २०८१ मंगलबार
गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरेको रिटमा आज सुनुवाइ हुँदै
असार १८, २०८१ मंगलबार