सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १३:१०:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/Oli_prachanda.jpg_xRgUoyGc2K_I5Wcwp4vm4.jpg)
१६ असार, काठमाडौं । सत्ता समीकरणमा परिवर्तन आउने हल्ला चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरक फरक समयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।
शनिबार कांग्रेस सभापति देउवालाई बालकोटमै बोलाएर गोप्य छलफल गरेका ओलीले आइतबार प्रधानमन्त्रीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन् । सत्ता साझेदार दलको प्रधानमन्त्री भएकाले सरकार सञ्चालनका विषयमा ओलीले प्रचण्डसँग छलफल गरेको भनिएपनि खासमा देउवासँग बालकोटमा भएका केही कुरा साझा गर्न उनी बालुवाटार गएको बताइन्छ ।
दुई नेताबीच टीआरसीबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, टीआरसी विधेयक पास गराउने विषयमा कुरा गर्न ओली अग्रसर नहुने नेता हुन् । टीआरसीले प्रधानमन्त्रीलाई जति पोलेको छ त्यति ओलीलाई छैन र उनी यो विधेयक पारित गराउने विषयमा खासै सकारात्मक पनि नदेखिएका नेता हुन् । कांग्रेसले पनि टीआरसी विधेयक तत्काल पारित गराउनुपर्छ भनेको छैन ।
यस अघि शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो । यो भेटवार्ताले यतिबेला राजनीतिक वृत्त तरंगित भएको छ । हालको सत्ता समीकरणमा सरकार विस्तार, बजेटलगायतका विषयमा विवाद बढिरहेका बेला देउवा र ओलीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
देउवा र ओली नजिकका नेताहरूले भने गठबन्धन सरकार धेरै अस्थिर भएको र सरकार जोगाउन र फाल्ने काममा मात्रै शीर्ष नेताहरु व्यस्त हुनुपर्ने भएकाले देशका अरु विषयमा सोच्न नसकिएको भन्ने विषयको विकल्पमा शनिवार देउवा र ओलीबीच छलफल भएको दावी गरेका छन् । धेरै दल मिलाएर सरकार बनाउनुपर्ने वाध्यताको विकल्पमा उनीहरूबीच कुराकानी भएको भन्दै अहिले राष्ट्रिय सहमतिको सरकारका कुरामा पनि बाहिर चर्चा हुन थालेको छ ।
गठबन्धन सरकार भए कम दलको सहभागिता रहने गरी संख्या पुर्याउने बारे पनि देउवा र ओलीले पटक पटक सार्वजनिक मञ्चमा भन्दै आएका हुन् । राष्ट्रिय सरकारको आकार र नेतृत्वका विषयमा पनि यसअघि कुरा उठिरहेकै थिए । शनिबारको ओली-देउवाको भेटलाई पनि राजनीतिक वृत्तमा यही वरिपरी मुल्यांकन गर्न थालिएको छ । यही सेरोफेरोमा बालुवाटारमा पनि आज कुराकानी भएको अनुमान दलका नेताहरूले गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रदेशमा प्रत्यक्ष राखेर समानुपातिक निर्वाचन प्रणाली हटाइने
असार १८, २०८१ मंगलबार
एमालेका मन्त्रीहरुले राजीनामा दिँदै
असार १८, २०८१ मंगलबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा
असार १८, २०८१ मंगलबार
सरकार परिवर्तनको सहमतिसँगै नेप्सेमा सकारात्मक सर्किट
असार १८, २०८१ मंगलबार
कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै
असार १८, २०८१ मंगलबार
को बन्ला भारतीय टी-२० क्रिकेट टिमको कप्तान ?
असार १८, २०८१ मंगलबार
अविरल वर्षाले मार्तडी–कोल्टी सडक अवरुद्ध
असार १८, २०८१ मंगलबार
जुनमा ७६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए
असार १८, २०८१ मंगलबार