बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १४:८:११
![](https://nepalbahas.prixacdn.net/media/albums/Falcha.jpg-1_G7q63DqyIE_11zmt9PLzx.jpg)
१६ असार, काठमाडौं । अरनिको राजमार्गअन्तर्गत बबरमहलबाट बानेश्वरतर्फ बिजुली बजारको पुल पार गरेपछिको सडक खण्डमा निर्माण भएको फल्चा शैलीको बस बिसौनी आजबाट शुभारम्भ भएको छ ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फल्चा उद्घाटन गरेकी हुन् । यसअघि (२०८१ जेठ १ गते) बाट सडकको अर्को किनाराको फल्चा सञ्चालनमा ल्याइसकिएको छ ।
‘यी संरचनाहरु काठमाडौँको पहिचानसँग जोडिएको नेवा निर्माण शैलीका स्मारक बन्नेछन् । काठमाडौँको पहिचान मुख्य सडकबाट प्रवर्द्धन हुनेछ ।’ समुदघाटनपछि बोल्दै उपप्रमुख सुनिता डंगोलले भने, ‘सहरी सेवा वितरण र सुविधा व्यवस्थापन गर्ने कामसँग मौलिकता जोड्दै लगिनेछ ।’
परम्परागत निर्माण सामग्री, शिल्प र शैली पछ्याउनु परेकोले आधुनिक संरचना निर्माणभन्दा लगानी र निर्माण अवधि धेरै लागेको वडाध्यक्ष रामकुमार के.सी. ले जानकारी दिए । यसरी निर्माण गरिएको संरचनाको सुरक्षा गर्न फल्चाका उपभोक्ता, पैदलयात्री तथा स्थानीयबासी सबैले समान दायित्व बोध गर्नु पर्ने केसीको भनाइ थियो ।
कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरेर बिसौनी निर्माण गरिएको हो । वडा सदस्य एवं निर्माण संयोजक सतिश तण्डुकार भन्छन्, ‘बस्नका लागि काठकै मेच राखिएका छन् । विसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन् ।’ उनका अनुसार २ वटा बस बिसौनी निर्माण सम्पन्न गर्दा करिब ५३ लाख रुपैयाँ खर्च भएको छ ।
फल्चा उद्घाटन अवसरमा जम्मा भएका स्थानीय र सर्वसाधारणले मौलिक शैलीको संरचनाले सुन्दरतासँगै समृद्धि दर्साएको प्रतिक्रिया दिए ।
यसपछि अब नयाँ बानेश्वर चोक वारिपारि २ वटा यस्तै शैलीका बस बिसौनी निर्माण गर्ने योजना रहेको तण्डुकारले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
असार १७, २०८१ सोमबार
कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
असार १७, २०८१ सोमबार
शिक्षण पेसा छाडेर बाख्रापालनमा रमाइरहेका राई
असार १८, २०८१ मंगलबार
राष्ट्रिय सहमतिको सरकार बनाउने कांग्रेसको निर्णय, समझदारी पत्र भोलि अनुमोदन हुने
असार १८, २०८१ मंगलबार
पाकिस्तान र इरानबाट करिब एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता
असार १८, २०८१ मंगलबार
दीपकराज गिरिको रास्वपा लक्षित व्यङ्ग्यः विदेशी शक्तिको ग्रान्ड डिजाइनमा सरकार परिवर्तन
असार १८, २०८१ मंगलबार
मुग्लिन–मलेखु सडक विस्तार सुस्त गतिमा
असार १८, २०८१ मंगलबार
देउवा र ओलीको भेटघाट तथा छलफलबाट राजनीतिमा कस्तो परिवर्तन आउला ?
असार १८, २०८१ मंगलबार