नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १४:५७:१७
१६ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा कमलादीमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न दलका शीर्ष नेता उपस्थित थिए ।
नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन अध्यक्ष माधव कुमार नेपालले गरेका हुन् । महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड, कांग्रेस देउवासहित रास्वपाका सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपा अध्यक्ष अशोक राई लगायत पुगेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि एकीकृत समाजवादीले निम्ता गरेको थियो । तर, उनी कार्यक्रममा पुगेका छैनन्। ओलीले अन्य नेताहरूलाई पुग्न आग्रह गरेको बताइएको छ । एकीकृत समाजवादीको आजबाट सुरु भएको महाधिवेशन आगामी २० गतेसम्म चल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार