कस्तो छ बलिउड फिल्म कल्की २८९८ एडीको बक्स अफिस कलेक्सन ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १६:३१:३
![](https://nepalbahas.prixacdn.net/media/albums/Kalki.jpg-1_6QvkvwaTR5_MWhDe9vznz.jpg)
१६ असार, काठमाडौं । बलिउड अभिनेता प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले पहिलो दुई दिनमै विश्वभर २९८.५ करोड भारु कमाएको छ ।
कल्कीको फिल्ममा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ । कल्कीको फिल्ममा प्रभास र अमिताभका अलावा दीपिका पादुकोण र कमल हासनको पनि महत्वपूर्ण भूमिका छ ।
चलचित्र विश्लेषक तरण आदर्श भन्छन्, ‘हामीले ५ सय करोड कमाउने फिल्म पाएका छैनौं, तर २०२४ अघिल्लो वर्षभन्दा राम्रो छ । धारा ३७०, शैतान, लापता लेडीज, मुन्ज्या जस्ता विभिन्न विधाका फिल्मबाट ‘स्लीपर’ हिट हुने नयाँ चलन सुरु भएको छ ।
योसँगै फिल्म ‘पठान’, ‘आदिपुरुष’ र ‘केजीएफ २’ जस्ता चलचित्रलाई पछि पार्दै ओपनिङ्कै दिन विश्वभर सबैभन्दा धेरै कमाउने तेस्रो चलचित्र बनेको छ । यसबाहेक ‘आरआरआर’ र ‘बाहुबली २’ मात्र दुई फिल्म छन् ।
'कल्कि २८९८ एडी' प्रभासको पहिलो दिनमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्महरूको सूचीमा चौथो फिल्म हो । प्रभासका फिल्म ‘बाहुबली २’, ‘साहो’ र ‘आदिपुरुष’ यस लिस्टमा पहिले नै छन् ।
रिलिजको पहिलो दिन आरआरआरले १३३ करोड कमाएको थियो भने बाहुबली-२ ले १२१ करोड कमाएको थियो । त्यस्तै केजीएफ-२ ले ११६ करोड कमाएको थियो भने कल्कि २८९८ एडीले ९५ करोड कमाएको छ । त्यस्तै सालार भाग १ ले ९०.७ करोड कमाएको थियो ।
कल्कि २८९८ एडीको ओपनिङ दिनमा यस फिल्मको समग्र तेलुगु ओक्युपेन्सी ८५.१५ ५ थियो । नन-हलिडे, मिड वीक र भारत विश्वकपको सेमिफाइनल खेलको दिन रिलिज भए पनि कल्कीले यति ठूलो रकम कमाएको छ ।
त्यस्तै कल्कि २८९८ एडीले हिन्दी भाषामा भने तीन दिनमा ७५ करोड कमाएको छ । पहिलो दिन २२ करोड ५० लाख कमाएको यस फिल्मले दोस्रो दिन २३.२५ र तेस्रो दिन शनिबार ३० करोड कमाई गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
अभिनेत्री हिना खानलाई स्तन क्यान्सर
असार १४, २०८१ शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
क्षमायाचनासहित समाचार हटाइएको बारे
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार
एमालेका मन्त्री र सांसदलाई हाइअलर्ट रहन ओलीको निर्देशन, सत्ता समीकरण फेरिँदै
असार १७, २०८१ सोमबार
ओली र देउवाबीच सहमति, एमालेलाई प्रधानमन्त्रीसहित ९ र कांग्रेसलाई गृहसहित १० मन्त्रालय
असार १८, २०८१ मंगलबार
बालकोटमा एमालेका मन्त्रीहरुसँग ओलीले राखे छलफल
असार १७, २०८१ सोमबार
फुस्रेखोला देउराली सडकमा सात वर्षमा तोकिएको मध्ये आधा काम
असार १८, २०८१ मंगलबार
गिरिजाप्रसाद युगान्तकारी परिवर्तनका नायक
असार १८, २०८१ मंगलबार
मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
असार १८, २०८१ मंगलबार
राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा छलफल
असार १८, २०८१ मंगलबार
तिला गाउँपालिकामा ८३ मध्ये ६१ योजना सम्पन्न
असार १८, २०८१ मंगलबार