सहकारी ठगी प्रकरण: अध्ययनका लागि २० वटा सहकारीका अत्यावश्यक कागजात मगाइने
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार १६:३२:०
१६ असार, काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि गठित संसदीय विशेष समितिले समस्याग्रस्त पहिचान भएका २० वटा सहकारी संस्थाका अत्यावश्यक कागजात माग गर्ने भएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले कागजात मगाउने निर्णय गरेको हो ।
कार्यादेशसहितको अनुसूची १ मा रहेको २० वटा समस्याग्रस्त सहकारीको बचत परिचालनको स्थिति, लेखा परीक्षण प्रतिवेदन लगायतका विवरण पठाउनका लागि पत्राचार गर्ने निर्णय गरेको समितिले जनाएको छ । उक्त सहकारीको सबै विवरण मगाएर त्यसमाथि अध्ययन र अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि बढाइनेछ ।
समितिले समस्याग्रस्त सहकारीको छानबिनका लागि यसअघि भएका अनुभवका बारेमा विभिन्न आयोग, समितिका संयोजकहरुसँग छलफल गरेको छ । समितिले २०४७ सालमा सहकारी सन्दर्भमा अन्तरिम सरकारले गठन गरेको कार्यदलका संयोजक राधाकृष्ण मैनाली, तत्कालीन समस्याग्रस्त सहकारी सम्बन्धमा जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्की लगायतसँग यसअघिका अध्ययन अनुसन्धानका बारेमा छलफल गरेको हो ।
पुराना अनुभवका आधारमा समितिले वस्तुनिष्ठ अध्ययन गरि निचोडमा पुग्ने बताए । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । गोर्खा मिडियासँग सम्बन्धित सहकारीको कागजात मगाउने निर्णय यसअघि नै भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकास्कीमा लामिछानेका पक्षधर वकिलको बहस सुरू
पुष २२, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
अमेरिकी डलर उकालो लाग्दा अन्य मुद्राको मूल्य कस्तो छ ?
पुष २३, २०८१ मंगलबार
१० प्रतिशत निशुल्क सेवा दिन निजी अस्पताललाई स्वाथ्यमन्त्री पौडेलको आग्रह
पुष २२, २०८१ सोमबार
वन्यजन्तुको आक्रमणबाट ८३ जनाको मृत्यु, सर्पदंशबाट ज्यान गुमाउने ७० जना
पुष २२, २०८१ सोमबार
राहदानी विभागको टेण्डरमा आवेदक कम्पनीको प्रश्नै प्रश्न
पुष २२, २०८१ सोमबार
नेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार