अहिलेको आवश्यकता उद्यमशीलता र व्यावसायिकता हो : अध्यक्ष ओली
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार २२:५:३९
१६ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आवश्यकता उद्यमशीलता र व्यावसायिकता भएको बताएका छन् । पार्टीको कृषि तथा पशुपंक्षी विकास विभागद्वारा आज यहाँ आयोजित ‘समृद्धिको आधारः सम्मानित किसान र कृषिमा रुपान्तरण’ विषयक नीति संवाद कार्यक्रममा अध्यक्ष ओलीले यथास्थितिमा देश अगाडि जान नसक्ने भन्दै उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।
“यथास्थितिमा देश अगाडि जान सक्दैन । त्यसैले अहिलेको आवश्यकता उद्यमशीलता र व्यवसायिकता हो, त्यसमा पनि कृषिको आधुनिकीरणमा जोड दिनुपर्छ, जसबाट रोजगारीका थुप्रै अवसर सिर्जना गर्न सकिन्छ”, उनले भने । कृषिमा आधारित उद्यमले निर्यातमूलक उद्योगको रुप लिन सक्ने भन्दै अध्यक्ष ओलीले त्यसका लागि कृषिमा आधुनिकीकरण गर्न नीतिगत पहल जरुरी रहेको धारणा राखे । उनले भने, “कृषिको आधुनिकीकरणका लागि ठोस नीति निर्माण हुनुपर्छ । हामीसँग भएको जमिनको उपयोग गरी समाजलाई गरिबीबाट माथि उठाउने योजनासहित काम गर्नुपर्ने आवश्यकता छ, त्यसमा सरकारले ध्यान दिनुपर्छ ।”
उनले कृषि क्षेत्रबाटै नेपालमा असाधारण परिर्वतन ल्याउन सकिने विश्वास व्यक्त गर्दै त्यसका लागि पाँच वर्षभित्रमा ठोस योजनासहित अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । “हाम्रो उर्बर माटो बिग्रिँदै गएको छ, जसकारण उत्पादनमा ह्रास आउँदैछ । यो अवस्थामा सुधार गर्दै माटोका अवस्था थप बिग्रिन नदिन लाग्नुपर्नेछ । त्यसैले सरकार साना–साना विषयमा अड्किनेभन्दा पनि मुलुकको समग्र विकासका निम्ति गम्भीर हुनुपर्ने आवश्यकता छ”, अध्यक्ष ओलीको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार