भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार ९:८:२६
१७ असार, काठमाडौं । भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले पराजित गरेको थियो । भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए ।
यो जितपछि भेनेजुएलाले समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४-४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन् । अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ । यो खेल जुलाई ५ मा हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
आइतबारदेखि मौसम सुधार हुने
पुष १३, २०८१ शनिबार
अबको लडाइँ भ्रष्टाचार र वैज्ञानिक शिक्षाका लागि गरिनुपर्छः नेता डा कोइराला
पुष १३, २०८१ शनिबार
सुशासनका लागि भ्रष्ट्राचारविरुद्ध निरन्तर आन्दोलन: अध्यक्ष प्रचण्ड
पुष १३, २०८१ शनिबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
पुष १३, २०८१ शनिबार
क्यानाडामा लहरे खोकीका बिरामीको सङ्ख्या निरन्तर वृद्धि
पुष १३, २०८१ शनिबार