युरोकपमा आज फ्रान्स र बेल्जियम खेल्दै
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १०:३०:२८
१७ असार, काठमाडौं । जारी युरोकपको नक आउट चरणमा आज फ्रान्स र बेल्जियमबीच खेल हुँदै छ । यो खेल नेपाली समय अनुसार राति ९: ४५ बजेदेखि शुरु हुँदै छ । समूह चरणमा फ्रान्स समूह डी मा दोस्रो हुँदै नक आउट चरणमा पुगेको हो । फ्रान्सले ३ खेलमा एक जित र २ खेल बराबरी खेलेको थियो । फ्रान्सले पहिलो खेलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा नेदरल्याण्डससँग गोल रहित बराबरी खेलेको थियो भने तेस्रो खेलमा पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।
त्यस्तै बेल्जियम समूह चरणमा समूह ई मा तेस्रो हुँदै नक आउट चरणमा पुगेको हो । बेल्जियमको ३ खेलमा एक जित एक बराबरी र एक हार बेहोरेको थियो । बेल्जियमले पहिलो खेलमा स्लोभाकियासँग १-० गोल अन्तरले पराजित भएको थियो । त्यस्तै दोस्रो खेलमा रोमानियालाई २-० गोल अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा युक्रेनसँग गोल रहित बराबरी खेलेको थियो ।
फ्रान्सले अहिलेसम्म १९८४ र २००० गरी दुई पटक युरोकपको उपाधि जितेको छ भने २०१६ मा उपविजेता बनेको थियो । त्यस्तै बेल्जियमले भने अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन । बेल्जियम १९८० मा फाइनलमा पुगेर पराजित भएको थियो । फ्रान्स र बेल्जियमबीच अहिलेसम्म ७५ खेल भएका छन् । जसमा फ्रान्सले २६ खेल जितेको छ र बेल्जियमले ३० खेल जितेको छ । त्यस्तै १९ खेल बराबरी भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
रोशीका वडाध्यक्ष लामाको निधन
पुष ८, २०८१ सोमबार
‘सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि’
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार