दमकका उत्कृष्ट शिक्षक र विद्यालय पुरस्कृत
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १४:१०:७
१७ असार, झापा । दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ ।
नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने एक विद्यालय र एकजना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो ।
नगरले तोकेका मापदण्डको पालना गर्दै शैक्षिक सुधारमा योगदान पु¥याउने दमक–३ स्थित ढुकुरपानी माविलाई रु एक लाख र दमक–१० स्थित सिंहदेवी माविका शिक्षक घनश्याम अधिकारीलाई रु २५ हजारसहित पुरस्कृत गरिएको नगरप्रमुख रामकुमार थापाले जानकारी दिए । उत्कृष्ट विद्यालय र शिक्षकलाई आइतबार एक कार्यक्रमबीच उहाँले नगद र प्रमाणपत्रसहित पुरस्कृत गरे ।
सो अवसरमा अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिताका विजयी विद्यालयलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा दमक–९ को पाणिनी मावि पहिलो, दमक–८ मा को एलाइड बोर्डिङ स्कुल दोस्रो र दमक–१० स्थित सिंहदेवी मावि तेस्रो बनेको नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रवीण खड्काले जानकारी दिए । उनका अनुसार प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीले क्रमशः रु २५ हजार, रु १८ हजार र रु १२ हजार प्रमप्त गरेका छन् ।
शाखाले विगतका वर्षझैँ यस वर्ष पनि विद्यालय अध्ययनरत बालबालिकाको बौद्धिक विकास गराउन यस किसिमको प्रतियोगिता आयोजना गरेको खड्काले बताए । प्रतियोगितामा नगरभित्र रहेका समुदायिक र संस्थागत गरी ३६ वटा विद्यालयले सहभागिता थियो । कार्यक्रममा नगरभित्रका समुदायिक विद्यालयमा अध्ययनरत ६२ जना विपन्न परिवारका र १३ जना बुहारीलाई छात्रबृत्ति प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले ३ कक्षासम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयले पायो नयाँ भवन
मंसिर २६, २०८१ बुधबार
दमक व्यापारिक कम्प्लेक्स
मंसिर २३, २०८१ आइतबार
सामुदायिक विद्यालयको समस्या पहिचानमा जुट्दै पौवादुङमा
मंसिर १९, २०८१ बुधबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार