कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १४:२५:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/mato_WuBGhZ1BXe_cnEDLUOJQd.jpg)
♦ मार्मिसा नगरकोटी र पूजन खड्का
१७ असार, भक्तपुर । भक्तपुर नगरपालिका–४, कुुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेशा माटोको भाँडा बनाउने हो । माटोका भाँडा बनाउने परम्परागत पेशाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन् ।
पछिल्ला समय बजारमा स्टिल, सिलाबर र प्लाष्टिकका सस्तो र सजिला सामाग्री उपलब्ध छ । तरपनि परम्परागत माटोका सामग्री खोज्न आउने अझै यहाँ आउने गरेको स्थानीयको भनाइ छ । माटोका घैंटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरुको माग बढ्दै गएको उनीहरु बताउँछन् ।
कुमाल टोलका स्थानीयहरु पहिले अन्य जिल्ला पुगेर महिनौँ सम्म भाँडा बनाउँथे र ज्यालाको रुपमा धान, गहुँ, मकै ल्याउथेँ । अहिले अन्य जिल्लाका मानिस आफैँ यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन् ।
कुमाले टोलका तुलसीराम प्रजापतिको पुख्र्यौली पेसा माटोको भाँडा बनाउने हो । पुस्तौँपुस्तादेखि गर्दै आएको माटोको भाँडा बनाउने पेसाबाट राम्रो आम्दानी हुने उनले बताए । यही पेशाबाट भएको आम्दानीले उनले स्नातकोत्तर तहसम्म चार जना छोराछोरी पढाए । “यही पेशाले घरखर्च चलाउनेदेखि छोराछोरी पढाउने सबै गरेको छु, मेरा लागि यो पेसा एकदमै प्यारो छ,” उनले भने ।
माटोका सामग्रीमध्ये खुत्रुके, गमला, पाला, सानो लोटा धेरै मात्रामा बिक्री हुने सामग्री हुन् । विभिन्न देवीदेवताका मूर्ति, पशुपक्षीका मूर्ति सजावटमा प्रयोग हुने माटोको फूलदानी, मन्दिर, प्लेट, कचौरा जस्ता सामग्रीको पनि माग उत्तिकै छ । पहिले सूर्यविनायक, सिपाडोल, चाँगुनारायणमा माटो उपलब्ध हुने भएपनि अहिले उपयुक्त माटो लिन काठमाडौँको साँखु र काभ्रेपलाञ्चोकको धुलिखेल वा दाङसम्म पुग्नुपर्छ । प्रतिकिलो रु ५० तिरेर गाडीमा माटो ल्याउनुपर्ने उनले जानकारी दिए ।
माटाका सामग्री बनाउन चाम्रो र चिल्लो माटो चाहिन्छ । माटोलाई एक ठाउँमा ल्याएर मुछ्ने काम हुन्छ, माटोमा रहेका अनावश्यक तत्व (माटोको डल्लो, ढुङ्गाको टुक्रो) छुट्टाइन्छ । पहिले–पहिले माटो खुट्टाले मुछ्ने गरिन्थ्यो । अहिले मेसिनले गर्दा छिटो तयार हुने र सजिलो हुने गर्छ । पहिले जस्तो चाखा अथवा चर्खा पनि हातले चलाउन नपर्ने मोटरले चल्ने भएकाले भाँडा बनाउन सजिलो भएको छ ।
सोही वडाका वडाध्यक्ष उपेन्द्र सुवाल माटोका भाँडा बनाउने कुमाले टोलको व्यवसाय वातावरणमैत्री र आम्दानीका हिसाबले पनि सन्तोषजनक भएको बताउछन् । उनले यस किसिमको उद्योगले पर्यटनमा पनि टेवा पु¥याएको बताए । उनका अनुसार कुमाले टोलको व्यवसाय आर्थिक रुपमा मात्र नभइ धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ ।
नेवार समुदायमा व्रतबन्ध, बेलविवाह, सूर्य दर्शन, विवाह, न्वारान र मरणमा माटोको भाँडा चाहिने भएकाले माटोका भाँडाको व्यवसाय सांस्कृतिक रुपमा महत्वपूर्ण मानिन्छ । पर्यटकहरु माटोका भाँडा बनाउने तरिका हेर्न र अध्ययन गर्न आउने गरेको उनले बताए ।
कुमाले टोलका अर्का स्थानीय विनोदकुमार प्रजापति पेसागत रुपमा खेलाडी र राष्ट्रिय कोच छन् । २०–२५ वर्ष खेल क्षेत्रमा लागेपछि अहिले खेल छाडेर पूख्र्यौली पेसामा संलग्न भएको छ । उहाँले विसं २०६८ देखि पसल सुरु गरेको हो । माटोको भाँडा बनाउनुका साथै भाँडा बनाउने तालिम पनि उहाँले दिने गरेको छ ।
देशी तथा विदेशी पर्यटक माटोको भाँडा बनाउने अनुभव लिन र मनोरञ्जनका लागि कुमाले टोलमा आउने गर्छन् । पर्यटकले समयअनुसार पैसा तिरेर अनुभव लिने गरेका छन् । प्रजापतिले भने, “बीसदेखि तीस हजार माटोमा लगानी गर्दा दुई तीन लाखसम्म आम्दानी हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअग्निपीडितलाई प्रवासी नेपालीको सहयोग
असार १८, २०८१ मंगलबार
तीन सय वर्ष पुरानो हनुमान नाच संरक्षणमा नगरपालिका
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नुनको भाउ बढ्यो, कति पुग्यो मूल्य ?
असार १८, २०८१ मंगलबार
काठमाडौंको सोह्रखुट्टेमा सडक भासियो ( फोटो फिचर )
असार १९, २०८१ बुधबार
कांग्रेस कम्युनिष्टसँग मिल्नु राम्रो होइनः शशांक कोइराला
असार १९, २०८१ बुधबार
नशालु ईन्जेक्सनसहित दुई भारतीय नागरिक पक्राउ
असार १९, २०८१ बुधबार
हनिमुनमा निस्किए सोनाक्षी-जहीर
असार १९, २०८१ बुधबार
चुरे गाउँपालिकाद्धारा किसानलाई बाख्रा वितरण
असार १९, २०८१ बुधबार