सीआईबीको प्रतिवेदनः नक्कली कम्पनीबाट सुन तस्करी, रेमिट्यान्स कम्पनी पेवेल र सजिलो–पेबाट रकम भुक्तानी
नेपालबहस संवाददाता
असार १७, २०८१ सोमबार १६:५:२१
१७ असार, काठमाडौं । सुन तस्करीको दोस्रो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ । ५ वटा डमी कम्पनीमार्फत भएको सुन तस्करीको रकम भुक्तानी भने रेमिट्यान्स कम्पनी पेवेल र सजिलो–पेबाट भएको सीआईबीको भनाइ छ ।
यी दुई कम्पनी नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त कम्पनी हुन् । रेमिट्यान्स र हुण्डीमा पनि यी दुई कम्पनीले गरेको कारोबार अवैध देखिएको सीआईबीको निष्कर्ष छ । रकम भुक्तानी र आधिकारिक कारोबारका लागि यी दुई कम्पनीलाई राष्ट्र बैंकले इजाजत दिएको हो । यी दुई कम्पनीबाट हुने गरेको अवैध कारोबारले नेपाल राष्ट्र बैंकको अनुगमनमाथि पनि प्रश्न उठाएको छ ।
सीआइबीले नक्कली ५ कम्पनीबाट करिब ३२ सय केजी सुन तस्करी भएको दाबी गरेको छ । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत १३०३.९६५ केजी, ह्वादा इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ६३२.७१५ केजी, चुनगाक इलेक्ट्रिक सप्लायर्स प्रालिमार्फत ७१६.८३ केजी सुन तस्करी भएको छ । दोलखा इलेक्ट्रिक सप्लायर्समार्फत १७२.८ केजी र रेडी ट्रेड प्रालिमार्फत ७.५ केजी सुन तस्करी भएको र ब्रेक सुमार्फत यसअघि ३६२.७७८ केजी सुन तस्करी भएको दाबी सीआईबीको छ ।
यी कम्पनी सुन तस्करी गर्नकै लागि खडा गरिएको र सामान भित्र लुकाएर सुन ल्याइएको दाबी सीआईबीको छ । सीआईबीका अनुसार यो माध्यमबाट गिरोहले करिब ३१ अर्ब रुपैयाँको सुन तस्करी गरेर नेपाल भित्र्याएका छन् । उता, सरकारी इजाजत प्राप्त रेमिट्यान्स कम्पनी पेवेल र सजिलो–पेबाट सुन तस्करीमा ५५ अर्ब ७९ करोड भुक्तानी भएको दावी गरिएको छ । यी दुवै भुक्तानी साधनका रुपमा प्रयोग भएका कम्पनी हुन् ।
सीआईबीले लामो समय लगाएर दुई कम्पनीमाथि गरेको अनुसन्धान गरेको जनाएको छ । पेमेन्ट गेटवे भुक्तानी साधन सञ्चालन तथा व्यवस्थापनको इजाजत पत्र (लाइसेन्स) प्राप्त पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेजले लाइसेन्सको दुरुपयोग गर्दै सुन तस्करीमा पटक–पटक गरी कूल ५५ अर्ब ७९ करोड ८८ लाख ८५ हजार ८ रुपैयाँ ५३ पैसा भुक्तानी सहजीकरण गरिदिएको हो ।
सीआईबीका अनुसार काठमाडौँ अनामनगर केन्द्रीय कार्यालय रहेको पेवेल नेपालले स्थापनाकालदेखि हालसम्म पटक पटक गरी कूल १ खर्ब २३ अर्बको भुक्तानी कारोबार गरेकोमा भौचर डिपोजिटका आधारमा ९६ अर्ब बराबरको कारोबार गरेको देखिएको छ । यो कम्पनीले सुन तस्करीमा भुक्तानी सहजीकरण गरेको देखिएकाले ८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।
सीआईबीले प्रतिवादी राजु खत्री, प्रशान्त गणेश बजबलकर, धिरज दिनेश बोइटे, सिद्धार्थ अशोक गाएकवाड लगायतलाई पक्राउ गरेको छ । बालुवाटार केन्द्रीय कार्यालय रहेको सजिलो पे पेमेन्टले पनि पटक पटक गरी सुन तस्करीको भुक्तानीमा ट्रान्जेक्सन गरेको भेटिएको सीआईबीले जनाएको छ । यी दुई कम्पनीको बैंक खाता रोक्का गर्न नियामक नेपाल राष्ट्र बैंक लाई पत्राचार गरिएको थियो ।
२०८० जेठ २ गते राष्ट्र बैंकले पेवेल नेपाल प्रा.लि. र सजिलो पे पमेन्ट सर्भिसेज प्रालिको बैंक खाता रोक्का गरिएको जानकारी दिएको सीआईबीले जनाएको छ । सीआईबीले तस्करीमा संलग्नलाई २ खर्ब ६६ अर्ब ६७ करोड बिगो दाबीसहित आइतबार नै मुद्दा दायर गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
सुन तोलामा २६ सयले घटेर १ लाख ४९ हजार नजिक
मंसिर ११, २०८१ मंगलबार
घट्यो सुनको मूल्यः हिजो १ लाख ६७ हजार थियो, आज तोलाको १ लाख ५१ हजारमा कारोबार
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार